सिन्धुली महोत्सवमा संगीत र हासोको वहार



रश्मी थापा, सिन्धुली

सिन्धुलीको सिन्धुलीमाडीमा सञ्चालित चौथौ सिन्धुली महोत्सव २०७३ विविध मनोरञ्जक सामग्रीका साथ सोमबार सम्पन्न भएको छ। महोत्सवमा स्थानीय तथा राष्ट्रियरूपमा ख्यातिप्राप्त कलाकारहरुले गीत संगीत, नृत्य र हास्यव्यंग्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए। १२ दिनसम्म चलेको महोत्सवमा गायकगायिकाहरु रामकृष्ण ढकाल, प्रमोद खरेल, शिव परियार, पश¬पति शर्मा, बद्री पंगेनी, डिजराज पौडेल, श्रीकृष्ण लुइँटेल, भोजराज काफ्ले, रामजी खाँड, कमल क्षत्री, इन्दिरा जोशी, टीका प¬न, ज्योति मगर, जानकी तारामी मगर, भूमिका गिरीले गीत–संगीत प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए। त्यसै गरी मनोज गजुरेल, स¬रेन्द्र केसी, गोपाल नेपाल ‘फिस्टे’, शिवशंकर रिजाल, राजा राजेन्द्र पोखरेल, दिनेश काफ्लेलगायतले हास्य प्रस्त¬ति प्रस्तुत गरी सबैलाई हसाएका थिए।

महोत्सव ७ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको सिन्धुली उद्योग वाणिज्य संघका महासचिव अर्जुन श्रेष्ठले दाबी गरेका छन्। समृद्ध सिन्धुली निर्माणको आधार कृषि पर्यटन र उद्योग क्षेत्रको लगानीमैत्री वातावरण सुधार भन्ने मूल नाराका साथ सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा आयोजित महोत्सव सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजना तथा जिल्लास्थित अन्य संघ–संस्थाको समन्वयनमा सम्पन्न भएको हो।

२ सय ५० वटा स्टल राखिएको महोत्सवमा कपडाको बढी कारोबार भएको संघका महासचिव श्रेष्ठले बतँए। जिल्लामा उत्पादन भएका बाँस, काठ, दुग्धजन्य वस्तु तथा ढाका र अल्लाको कपडाहरू, जुनार, मह, कफी राखिएको महोत्सवमा उँट र अस्ट्रिच प्रमुख आकर्षण बनेको थियो। सिन्धुली जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्रको अवलोकनका लागि हेलिकोप्टर शयरसमेत दर्शक एवं यात्रुहरुको केन्द्रबिन्दु बनेको थियो।

प्रतिक्रिया दिनुहोस्