प्याकेजमा सहमति खोज्दै तीन दलका शीर्ष नेता बैठकमा



काठमाडौं, १८ पुस ।
प्रमुख तीन दल कांग्रेस एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बसिरहेको छ। संसदको जारी अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचनको मिति घोषणा तथा समसामयिक राजनीतिक  लगायतका विषयमा प्याकेजमै सहमती खोज्न छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन्।

सरकारले संसदमा दर्ता गराएको  संशोधन प्रस्तावलाई टेबल गर्ने तयारी गरेपछि तीन  दलको बैठक बसेको हो। प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्ष दलले संसदमा दर्ता संशोधन प्रस्ताव फिर्ता नभएसम्म सदनको अबरोध जारी राख्ने निर्णय गरेका छन्। दलहरु आ–आफ्नै अडानमा रहँदा राजनीतिक गतिरोध लम्बिएको छ।

प्रतिक्रिया दिनुहोस्