वर्षाले विथोल्यो अनुष्का र विराटको डेटिङ



इंग्ल्यान्डको टेस्ट सिरीजमा जितेपछि टिम इन्डियाको टेस्ट कप्तान विराट कोहली आफ्नो गर्लफ्रेन्ड तथा बलिउड अभिनेत्री अनुष्का शर्मासँग डेटिङका लागि उत्तराखण्ड पुगे। तर उनलाई मौसमले भने साथ दिएन।

वर्षाका कारण कडा चिसो भएकाले उनीहरु दुवै बाहिर ननिस्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विराट कोहली अनुष्का शर्मा हालैको एक रात नरेन्द्र नगरको एक होटेल पुगेको समाचारमा उल्लेख छ। सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनको कार्यक्रम मसुरी र टिहरी जिल्ला भ्रमणको थियो।

वर्षाको कारण आकासमा बादल छायो र दिउसो हुँदा नहुँदै वर्षा शुरु भयो। मसुरी नजिकै धनोल्टिमा अनावृष्टिका कारण विराटलाई चिसोको महसुस भइरहेको थियो। भनिन्छ कि मौसमलाई देखेर उनीहरुले घुम्ने कार्यक्रम रद्द गरिदिए र दिनभरि होटेलमा नै बसे।

आफ्नो मन पर्ने क्रिकेटर र अभिनेत्रीको एक झलक देख्नका लागि होटलबाहिर प्रसंसकहरुको भीड लागिरहेको थियो, तर उनीहरु बाहिरनै ननिस्केपछि प्रसंसकहरु निराश हुन पुगेको समाचारमा उल्लेख छ। उनीहरु भएकै कारण होटेलमा स¬रक्षाको कडा व्यवस्था गरिएको समेत समाचारमा उल्लेख छ। यहाँसम्म कि होटलका स्टाफहरुको मोबाइलसमेत अफ राख्न भनिएको पनि समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्