राजमार्ग अव्यवस्थित हुँदा यातायातका साधनलाई आवत जावत गर्न कठिन



(विमल विष्ट)/डोटी, १७ पुस ।
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरादेखी डोटीको सिलगढीसम्मको के आई सिंह राजमार्ग र सिलगढीदेखी साँफेबगरसम्मको पहल्वान सिंह स्वार राजर्माग अव्यवस्थित हुँदा यातायातका साधनहरुलाई ओहोर दोहोर गर्न निकै कठीनाई हुने गरेको छ । सडक खण्डको ठाउँ–ठाउँमा खाल्डा–खुल्डि परेर सडक अव्यवस्थित बनेको छ ।

राष्ट्रिय राजमार्ग अन्तरगत पर्ने उक्त सडक कालोपत्रे सडक भएता पनि कतीपय ठाउँमा बाहेक अरु अधिकांश सबै जसो ठाउँमा सडक पूर्णरुपमा भत्किएर कच्चि जस्तै बनीसकेको छ । सडकको पुननिर्माणमा सम्बन्धित निकायले चासो नदेखाउँदा सर्वसाधारले सास्ति खेप्नु परेको छ ।  कतिपय दुर्घटना अव्यवस्थित सडककै कारण हुने भएकाले यसमा सम्बन्धित निकायले बेलैमा पहल थाल्नु पर्ने स्थानिय बासीको भनाई छ ।

ठाउ“–ठाउ“मा भत्किएको सडकमा आफुलाई गाडी चलाउन निकै कठिनाई हुने गरेको बताउँदै डडेल्धुरा देखी अछामको मंगलसेन सम्म उग्रतारा यातायतको बस संचालन गर्दै आएका एक गाडी चालक धनबहादुर साउँदका अनुसार राजमार्गको अधिकांश ठाउँमा सडक भत्किएर गाडी चल्न नै नसक्ने अवस्था छ, बाटो–बाटोमा यात्रुहरुलाई झारेर गाडी पास गर्नु पर्छ । जिम्मेवार निकाय मौन बस्दा आफुहरुले निकै कष्ट बेहुर्नु परेको उहाँले बताउनु भयो ।

सडक डिभिजन कार्यालयका सव ईन्जीनीयर मानसिंह बडालले सुदुरपश्चिम क्षत्रीय सडक डिभिजन कार्यालयबाट पुनः निर्माणको काम निरन्तर चलिरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘ सडकको पुननिर्माणका लागि ठेक्का दीईसकिएको छ,बिग्रेको बाटो चाडै मर्मत हुदै छ ।’

प्रतिक्रिया दिनुहोस्