चिसोका कारण सामुदायिक विद्यालय बन्द



कपिलवस्तु, १७ पुस / लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएका छन् ।
सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको वार्षिक पात्रोअनुसार वर्षे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताउनुभयो ।
केही दिनयता जिल्लामा दिनभर हुस्सु लाग्ने, शीत पर्ने र जाडो बढ्दै गएपछि सर्वसाधाणको जनजीवन पनि प्रभावित बनेको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति न्यून देखिएको छ । त्यस्तै तौलिहवा अस्पतालमा निमोनिया श्वासप्रश्वासका समस्या देखिएका बालबालिका र वृद्धवृद्धाको चाप बढेको छ । ं रासस

प्रतिक्रिया दिनुहोस्