नोवेल पुरुस्कार विजेता समुहबाट म्यान्मारको आलोचना



याँगुन,(एजेन्सी)
विश्वका एघार जना शान्तिका लागि नोवेल पुरुस्कार विजेताले सयुक्त राष्ट्र सघसग म्यान्मारमा रोहिँग्या मुश्लिम समुदाय माथि भइरहेको मानव उत्पीडन कार्य रोक्न शुक्रवार आग्रह गरेका छन् ।

सयुक्त राष्ट्र सघलाई पठाइएको खुल्ला पत्रमा तिनीहरुले म्यान्मारका प्रजातन्त्रवादी नेता तथा शानितका लागि नोवेल पुरुस्कार विजयी आंग सान सुकीको कडा आलोचना गरिएको छ । सो पत्रमा म्यान्मार सरकारले रोहिँग्या समुदाय माथि अत्याचार गर्दै जातिय सफयाको अभियान चलाइरहेको अभिायेग लगाइएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार राखिने राज्यमा गरिएको सैनिक कारवाहि पछि ३४ हजार भन्दा बढि रोहिँग्या आफ्ना घरवार छोडेर भाग्न बाध्य भएको जनाएको छ । अहिले म्यान्मार सरकारको हर्ताकर्ता नै मानिने सुकीलाई सो अल्पमत मुशिलम समुदायलाई सुरक्षा दिन नसकेको आरोप लगाइएको छ ।

सुरक्षा परिषदलाई हस्तान्तरण गरिएको यो खुल्ला पत्र लेख्ने समुहमा दक्षिण अफ्रिकाका आर्कविशप डेसमन्ड टुटु पाकिस्तानकी अभियन्ता मलाला युसुफजाइ पनि रहेका छन् । यदि तिनीहरु माथिका ेअमानविय दमन समयमै नरोकिएको खण्डमा तिनीहरु गोलीले नभए पनि भाकलेनै मर्ने पत्रमा उल्लेख गरिएको छ । गत ९ अक्टोवरमा माउन्गदमा रहेको सिमा चौकीमा नौ जना प्रहरी मारिएपछि शसस्त्र लडाकुहरु विरुद्ध चलाइएको सुरक्षा कारवाहीमा अहिले सम्म कम्तिमा ८६ जना व्यक्ति मारिइ सकेका छन् ।

यसै महिनाको शुरुमा संयुक्त राष्ट्र संघले पनि म्यान्मारलाई रोहिँग्या मुश्लिम अल्पमत समुदाय माथिको सरकारी नीतिको आलोचना गरेको थियो । म्यान्मार सरकारले भने सो क्षेत्रमा आतंकवाद विरुद्ध कारवाही भइरहेको स्पष्ट पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्