नारायणगोपल पुरस्कार निशा र सन्तोषलाई



नारायण गोपाल युवा संगीत पुरस्कार यस वर्ष लोकप्रिय गायिका निशा दशोर र संगीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ। राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष गायिका देशार र संगीतकार श्रेष्ठलाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो। त्यसै गरी यस वर्षको अरनिको युवा कला पुरस्कार पनि चित्रकारद्वय ज्योतिप्रकाश बिक र पृथ्वी श्रेष्ठलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ। हरेक वर्ष ४० वर्ष ननाघेका युवा संगीतकर्मी तथा कलाकर्मीलाई नगद ५० हजार रुपियाँ, स्वर्ण पदक र सम्मानपत्रसहित यी सम्मान प्रदान गर्ने गरिएको छ। यी पुरस्कार एक कार्यक्रम आयोजना गरी प्रदान गरिने राष्ट्रिय युवा कोषले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्