२०१६ मा बलिउड



भर्खरै मात्र बिदा लिएको सन् २०१६ मा बलिउड फिल्म उद्योगमा थुप्रै उतार चढाव आए, शयौं फिल्म रिलीजमा आए। तर सफलता भने गिनेचुनेका फिल्महरुले मात्र पाए। नेपाली फिल्म क्षेत्रमा जस्तै बलिउड फिल्म उद्योगमा पनि बितेको वर्ष २०१६ मा थोरै फिल्मले मात्र कमाएको र धेरै फिल्म फ्लप हुन पुगेको बलिउडको बक्स अफिसले देखाएको छ।

हरेक वर्षभैmँ बितेको वर्ष पनि बलिउड फिल्म नगरीमा खानहरुको बोलवाला रह्यो। २ दशकभन्दा लामो समयदेखि लगाताररुपमा राज गर्दै आएका ३ खानहरुले यो वर्ष पनि त्यसलाई निरन्तरता दिए। बलिउडका यी ३ खान सलमान खान, शाहरुख खान र आमिर खानले विगतका वर्षहरुभैmँ यो वर्ष पनि आफ्ना शानदार फिल्महरुमार्पmत एकलौटी
राज गर्न सफल भए। ३ खानमध्ये पनि २ खान सलमान र आमिर यो बर्ष बक्स अफिसमा तगडा सावित हुँदै अगाडि देखिएका छन्।

सन् २०१६ मा नायक सलमान खानले आफ्नो फिल्म सुल्तानमार्पmत दर्शकको मनमात्र जितेनन्, आफुलाई बक्स अफिसकै हिरो सावित गरिदिए। पहलमान रेसलरको अभियन गर्दै सुलतानमा छाएका दबंग हिरो सलमानको यो फिल्मले बक्स अफिसमा ३ सय करोडको आँकड पार गर्न सफल भयो।


सबैलाई थाहा छ अर्का खान हिरो आमिर केही समयको अन्तरालपछि मात्र बलिउडको रंगिन पर्दामा देखिन्छन्, कहिले तारे जमिन सिकाउँदै, कहिले थ्री इडियट देखाउँदै। यसपटक उनी २ वर्षको लुकामारीपछि पर्दामा आए र फेरि अरुलाई पछाडि पार्दै छाए। वेस्सरी वजन बढाएर अजंगको शरिरसहित दंगलमार्फत देखा परेका आमिरले आफ्नो अद्भुत र भिन्न अभिनय क्षमताबाट मात्र यो बायोपिक फिल्ममार्पmत दर्शकको मन जितेनन्, सँगसँगै बक्स अफिसका कतिपय रेकर्डलाई तोड्दै धनी पनि भए। ३ सय ५० करोड पार गर्ने अनुमान गरिएको फिल्मले एक सातामै १ शय ९७ करोडमाथिको व्यापार गरिसकेको छ।

सन् २०१६ कै अन्तिम फिल्मका रुपमा रिलीजमा आएको यो फिल्मले एक सातामै १ शय ९७.५३ करोडको व्यापार गर्न सफल भएको छ। रिलिजको पहिलो दिनै २९.७८ करोडको व्यापार गरेको फिल्मले शनिबार ३४.८२ करोड, आइतबार ४२.४१ करोड, सोमबार २५.६९ करोड, मंगलबार २३.०९ करोड, वुधबार २१.४६ करोड र बिहिबार २०.२९ करोडको व्यापार गरेको थियो। आमिरकै पीकेको कमाईको रेकर्ड तोड्ने संकेत देखाएको फिल्मले सलमानको उस्तै प्रकारको फिल्म सुलतानको रेकर्डलाई समेत तोड्ने सम्भावना रहेको भारतिय सञ्चार माध्यमले अनुमान गरेका छन्।

बलिउड फिल्मबाट सदाभैmँ २०१६ मा पनि दर्शक रिझाउने अर्का खान हुन् साहरुख खान। त्यसो त यो वर्ष उनले आफ्नो फिल्म फ्यानबाट रियल फ्यानलाई रिझाउन सकेनन्। जसका कारण बक्स अफिसमा उनको यो फिल्म असफल सावित भयो। उनी ए दिल हे मुश्किलमा चाहिँ केवल केमियोमा देखिए। उनको केमियोले दर्शकलाई केही हखसम्म तान्न सफल भयो। सन् २०१६ को अन्ततिर बाट रिलीजमा आएके डीयर जिन्दगीले केही कमाएपछि भने शाहरुखले सन्तोषको श्वास फेर्न पाए।

अभिनय र कमाईका कारणमात्र होइन, चर्चा र गसिपका कारण पनि वर्ष २०१६ मा यी ३ खान हिरोको वर्चश्व देखियो। सलमान र साहरुखको दुश्मनीले मित्रताको रुप लिएकोदेखि आमिर र सन्नी लियोनीको दोस्तीसम्मका विषय यो वर्ष यी ३ खानका चर्चित विषय बन्न पुगे।

केही वर्षदेखि बलिउडमा खानहरुको दबदबा तोड्न उद्धत रहेका नायक अक्षय कुमारले अभियन गरेको ३ फिल्म एयरलिफ्ट, हाउसफ”ल ३ र रुस्तम यसै वर्ष रिलिजमा आए। तीनवटै फिल्म बलिउडका यी खेलाडीका लागि फाइदाजनक सावित हुन पुग्यो। यी फिल्म बक्स अफिसमा १ सय करोडभन्दा माथिको व्यापार गरेर देखाइदियो। उता रणवीर सिंह र ऋतिक रोशनका लागि भने २०१६ खराब वर्ष सावित भयो। २ बर्षपछि मोहेन्जे दारोमा देखिएका ऋतिकको यो फिल्म बक्स अफिसमा असफल सावित हुन पुग्यो। रणवीर सिंहको वेफिक्रे वाणी कपुरसँग चुम्बनको वर्ष नै गरे पनि सफता पाउन सकेनन्।

केही वर्ष यता बलिउड हिरोइनहरुको सवालमा प्रियंका चोपडा र दीपिका पादुकोण चर्चामा रहँदै आएका छन्। कहिले प्रेम सम्बन्ध त कहिले ब्रेकअपको विषयलाई लिएर चर्चामा आईरहने यी दुई सुन्दरी यस वर्ष भने हलिउडको अभिनय यात्राका कारण चर्चामा रहे। यद्यपि बलिउडको सवालमा भने उनीहरुले कुनै राम्रो परिणाम दिन सकेनन्।
प्रियंका चोपडा हलिउडका फिल्म र सिरीयलमा मख्ख पर्दा बलिउडमा शुन्य हुन पुगिन्। रिलीजमा आएको उनको जय गंगाजलले सफलता पाउन सकेनन्। दीपिका पादुकोण पनि हलिउडमा मस्त हुँदा बलिउडमा शुन्य हुन पुगिन्। प्रियंका र दिपीका हलिउडमा रमाएपछि आलिया भट्ट, सोनम कपुरजस्ता सुन्दरीले मौकामा चौका हाने। प्रियंका र दिपीका हलिउडमा हराएकै कारण एउटा समारोहमा सलमान खानको कटाक्ष्ँको शिकारसमेत हुन पुगे।

प्रतिक्रिया दिनुहोस्