प्याब्सनद्वारा सम्मान



lghL tyf cfjf;Lo ljBfno cu{gfOh]zg, -KofA;g_ g]kfn eQmk’/sf] !# cf} lhNnf clwj]zgdf pis[i7 lzIfsnfO{ k|bfg ul/g] KofA;g lb3{;]jf kbs Pj+ KofA;g uf}/a ;Ddfgaf6 ;Ddflgt ePkl5 tl:j/ lnb} . tl:j/ M /d]z lu/L, eQmk’/ . /f;;

नेपाल समाचारपत्र
भक्तपुर
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, (प्याब्सन) नेपाल भक्तपुरले शिक्षासँग सम्बन्धित व्यक्तिगत तथा संस्थाहरूलाई विभिन्न पदक एवं पुरस्कारबाट सम्मान गरेको छ। शनिबार प्याब्सन भक्तपुरको १३औं जिल्ला अधिवेशनमा प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष एवं सल्लाहकार सानु घिमिरेलाई प्याब्सन गौरव सम्मान गरिएको छ।

त्यसै गरी विभिन्न विद्यालयका उत्कृष्ट शिक्षकहरू नसला प्रजापति, रत्नशोभा हाडा, सर्जु श्रेष्ठ, सविता राजउपाध्याय, मन्दिरा प्रजापति, विमला बासुकला बस्नेत, रेणुका थापा मगर, राजु कक्षपति, सरोजकुमार अधिकारी, निरु प्रजापति, राजु किसिजु, रिता कार्कीलाई प्याब्सन दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको छ।

कार्यक्रममा प्याब्सन भक्तपुरका कार्यालय सचिव अंकित पोखरेललाई पनि सम्मान गरिएको छ। कार्यक्रममा प्याब्सन केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसीले प्याब्सन भक्तपुरले प्रकाशित गरेको स्मारिका विमोचन गर्नुभयो भने प्याब्सन भक्तपुरको नवनिर्मित तीनतले भवनको उद्घाटन गर्नुभयो। त्यस अवसरमा अध्यक्ष केसीले सरकारले निजी विद्यालयहरूलाई बन्द गराउने नियतले ल्याएको ऐनलाई मान्न नसकिने बताउँदै ऐन परिमार्जन गरेर जानुपर्ने बताउनुभयो।

त्यसअवसरमा भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, प्याब्सनका केन्द्रीय उपाध्यक्षहरू विजय शम्बहाम्फे, दिपिका थापा, डीके ढुंगाना, केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष राजकुमार महर्जन, प्याब्सन जिल्ला उपाध्यक्षद्वय श्रीकृष्ण केसी, चन्द्र अधिकारीलगायतले प्याब्सनलाई विशुद्ध रूपमा राजनीतिबाट मुक्त बनाएर पेशागत संगठनका रूपमा लैजानुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्