अचानक वर्षा र चिसो



काठमाडौं, (नेस)
पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगको मौसम बदलिएर एक्कासि चिसो बढ्नुका साथै केही स्थानमा हल्का वर्षासमेत भएको छ। उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात भएपछि अधिकांश भेगमा चिसो बढेको छ।

शनिबार अपरा≈नपछि ताप्लेजुङ, काठमाडौं, ओखलढुंगालगायतका स्थानमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ताप्लेजुङमा ४ मिलिमिटर, काठमाडौं उपत्यकामा शून्य दशमलव १ तथा ओखलढुंगा र अन्य केही पहाडी भेगमा छिटपुट वर्षा भएको महाशाखाको तथ्यांक छ।

यस्तै प्रभाव अझै २ दिनसम्म मुलुकको पूर्व, मध्य र पश्चिमी भेगमा दोहोरिने महाशाखाका मौसमविद् सुजन सुवेदीले बताउनुभयो। ‘२ दिनसम्म पूर्व, मध्य र पश्चिमी भेगमा हल्का वर्षाको सम्भावना छ, मंगलबारपछि मात्रै मौसममा क्रमिक सुधार आउने संकेत देखिएको छ।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। शनिबार अपरा≈न दोलखाको उच्च भेगमा हिमपात भएको खबर प्राप्त भएको छ। हिमपातबाट त्यस भेगको जनजीवन प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्