बीमा समितिमा डा. घिमिरे



काठमाडौं, (नेस) सरकारले बीमा समितिको अध्यक्षमा पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरेलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. घिमिरेलाई बीमा समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

अर्थमन्त्री कृष्णबहादुर महराले बीमा विषयमा विद्यावारिधी गरेका डा. घिमिरेसहित चिरञ्जीवी चापागाई र रमेशकुमार भट्टराईको नाम प्रस्ताव गर्नुभएको थियो।
तीमध्ये भारतको बनारस हिन्दु विश्वविद्यलयबाट बीमा तथा जोखिम व्यवस्थापनमा विद्यावारिधी गरेका घिमिरेको नाम छनोट गरेको हो। समितिमा दुई कार्यकाल बिताएका प्राडा. फत्तबहादुर केसीको पुस ७ गते कार्यकाल सकिएको थियो। माओवादी समर्थक घिमिरे युद्धकालमा तीन वर्ष जेल परेका व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्