कपडामा शरीर पोका पार्ने थेरापी



टोकियो, (एजेन्सी)
अबदेखि जापानमा वयस्कहरूलाई पनि कपडामा पोका पारेर उपचार गर्ने अनौठो विधि निकै प्रचलित हुन थालेको छ। यस विधिको नाम ‘ओतोनामाकी’ दिइएको छ। त्यसको शाब्दिक अर्थ ‘वयस्कलाई पोका पार्नु’ भन्ने रहेको छ।

यस जापानी थेरापी प्रविधिको प्रयोग शारीरिक बनोट र बाउँडिने समस्या समाधानका लागि गरिने छ। जापानभरि नै दिनप्रतिदिन यो थेरापी लोकप्रिय हुँदै गइरहेको छ।

परम्परागत ओहिनामाकी विधिबाट ओतोनामाकीको विकास भएको हो। ओहिनामाकी अनुसार शिशुहरूलाई यसरी नै कपडाले बेरेर राख्ने गरिन्छ। शिशुहरूलाई यसरी कपडाले राम्ररी बेरेर राखिँदा तिनीहरूको शारीरिक विकास राम्रो हुने विश्वास गरिन्छ।

यो थेरापी प्रविधिको प्रत्येक चरण २० मिनेटको हुने गरेको छ। वास्तवमा शिशुहरू यातायता चल्ने चिन्ताबाट मुक्त हुनका लागि पनि तिनीहरूलाई कपडाले बेरेर राख्ने गरिएको कुरा ग्राहकलाई ओतोनामाकी थेरापी सेवा प्रदान गर्दै आएका थुप्रै कम्पनीमध्ये एक क्योक्यो प्रोपोर्सनका ओरी मात्सुओले बताएका छन्।

उनले भनेका छन्– ‘हामीले यदि वयस्कहरूलाई पनि शिशुहरूलाई जस्तै कपडामा बेरेर वा पोका पारेर राखेको खण्डमा तिनीहरूले कतिको आराम महसुस गर्लान् भन्ने सोचेका थियौं। साँच्चै ओतोनामाकी निकै फाइदाजनक प्रमाणित भयो।’

क्याक्यो प्रोपोर्सनका एक जना ४० वर्षीय ग्राहकले भने– ‘यसो हेर्दा कपडाले निकै कस्सेर बाँधिएको जस्तो देखिन्छ। तर त्यस्तो महसुस नै हुन्न। यसबाट मैले ढाड र काँधको समस्याबाट निकै राहत पाएको छु। यसरी बस्दा मस्त निदाइरहेको जस्तो महसुस हुन्छ।’ यस कम्पनीले सन् २०१५ देखि यो सेवा शुरू गरेको हो। अहिलेसम्म करिब ७० जनाले यसबाट लाभ लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्