भागिरथ कि वार कि पार



रश्मी थापा

नेपाली लोकगीत पारखीबीच चर्चित स्वर बनेको छ भागिरथ चलाउने। मलेसिया साउदी द¬बई छ¬ बोलको लोकदोहोरी गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका उनको २०६९ सालमा लोक बजार तताएको कसलाई सोध्ने होला बोलको गीत नसुन्ने लोक पारखी मनहरु सायदै कम होलान्। शिव हमालको लय, शब्द संकलन तथा चर्चित गायिका विष्णु माझी र भागिरथ चलाउनेको स्वमा रहेको उक्त गीतमा रञ्जिता गुरुङको अभिनय रहेको भिडियो पनि निकै लोकप्रिय भएको थियो। योभन्दा एक वर्षअघि नै निस्केको हरे शिव राम बोलको गीत दर्शक स्रोताको रोजाइमा परे पनि आफूलाई नाम दिने गीतचाहिँ कसलाई सोध्ने होला बोलको गीत नै रहेको दाबी गर्छन् उनी। यी गीतहरुसँगै उनले नेपाली लोकबजार क्षेत्रलाई लगातार दिल चोरेको केसमा, नरिसाउन कान्छ¬, दिलको घरमा, कि त वार कि पार, फेरिएको जमाना, निगालीको चोया, सारा द¬निया तिम्रो पछि हिँड्दो रैछ लगायत थुप्रै हिट गीत दिइसकेका छन्।

सल्यानको गाउँ–घरमा मेलापात गर्दै हुर्किएको बताउने उनी तीनै मेलापातमा गीत गाउँदै स्वरमा पोख्त भएको दाबी गर्छन्। एसएलसीपश्चात्को पढाइअगाडि बढाउने सिलसिलामा २०६७ सालमा काठमाडौं झरेका उनी केही समयपछि नै गायक बनेर निस्के, जब पढाइभन्दा बढी मन गीत–संगीतमा गयो। त्यसो त उनको गीत बजारमा बज्दै गर्दा ललित कला क्याप्समा संगीत लिएर पढ्दै थिए उनी। राजन क्षत्री र कुलेन्द्र विकका गीत गाउँदै हुर्किएका उनी सल्यानका गाउँ–घरमा हुने विभिन्न कार्यक्रममा गीत गाउथे रे। ‘स्क¬ले जीवनमा पनि गीत गायर धेरै प्रतियोगीतामा फस्ट हुन्थें’, उनले सुनाए– ‘काठमाडौं आउँदा शुरु–शुरुमा निकै संघर्ष गरेका उनी हाल पनि संघर्षरत नै भएको बताउँछन्। ‘जीवन नै संघर्ष हो। शुरुमा काठमाडौं आउँदा बस्न–खानकै लागि संघर्ष गनुपर्ने अवस्था थियो। अहिले आफूले पाएको नाम कसरी बचाउने अझ राम्रो कसरी गर्ने भन्ने कुरामा संघर्ष चल्दै छ र यो संघर्ष जीवनभर चलिरहन्छ’ –उनी भन्छन्।

पछिल्लो समय मेला महोत्सव र गीत रेकर्डिङमा नै व्यस्त रहेका उनी आफ्नो रुचिको क्षेत्रमा यतिको सफलता पाउँदा भने निकै खुसी देखिन्छन्। ‘शुरुमा घरमा थाहै ददिई गीत निकालेको थिएँ। अहिले बुबाआमा निकै खुसी हुनुहुन्छ। तर, अझै यतिले पुग्यो। अब केही गर्न बाँकी छैन भन्नेचाहिँ होइन। अझै धेरै गर्न बाँकी छ’, उनी भन्छन्– ‘कतिपय साथीले तपाईं त निकै भाग्यमानी हुनुहुँदो रहेछ। यति छिट्टै सफल ह¬न¬भयो भन्न¬न्छ। तर, यहाँसम्म आउनका लागि मैले कति द¬ःख र संघर्ष गरेको छ¬ त्यो नदेख्ने भन्ने गछर्¬। बाटोमा हात समातेर बोलाउने प्रशंसक देख्दिा मन भरिएर आउँछ एक किसिमको सुखद अनुभव महसुस हुन्छ।’

फ्यानले कार्यक्रमहरुमा प्रस्तुति दिइरहेका बेला हो हल्ला गरेर आफ्नो माया देखाउने र कहिलेकाहीं फेसब¬क र फोनमार्फत् गीत मन परेको क¬रा व्यक्त गर्ने गरेको उनले बताए। ‘पे्रम प्रस्ताव राख्नेहरु पनि छन्। तर, अहिले करियर बनाउनै व्यस्त भएकाले प्रेम र विवाहका बारे सोच्ने फुर्सद नै पाएको छैन’ –उलने दाबी गरे।
आफ्ना र अरूका एल्बम गरी लगभग ४०⁄५० गीतमा स्वर भरिसकेका उनी स्टेज तताउन सिपालु गायक मानिन्छन्। गीत–संगीतबाट नै आफ्नो गुजारा चलिरहेको उनी बताउँछन्। ‘गाउन त धेरै गीतहरु गाइयो। तर, सबै गीत चल्दैनन्। चलेका गीतबाट अरू गीतको लगानी उठाउने हो। अहिलेसम्म चलिरहेकै छ। मेला महोत्सव र कन्सर्टहरुले लगानी उठाइरहेको हुन्छ भने सीआरबीटी, पीआरबीटी र युट्युबबाट पनि केही आम्दानी हुन्छ। जहिलेसम्म आफूमा भएको कला बेचेर खान पुग्छ तबसम्म यही क्षेत्रमा संघर्ष गरिरहन्छु –उनले भने।

मीठो स्वरका धनी उनी लय र शब्द पनि संकलन गर्छन्। ‘मेरो पहिलो गीत मलेसिया साउदी दुबई छु बोलको गीतको लय शब्द मेरै हो र अघिल्लो तीजमा निस्किएको नरिसाउ न सानु बोलको गीतमा पनि मेरो शब्द थियो। केही दिनअघि आएको मेरो नयाँ गीत माया जोख्ने तुलोमा मेरो लय हो’ –उनले भने। फेरिएको जमाना बोलको कमेडी गीतमा कमेडीरूपमा प्रस्तुत भएका उनी अभिनयमा खासै रुचि नभएको बताउँछन्। ‘मेरो त गाउने काम हो। मोडलको रूपमा देखिँदा सुहाउँदैन भन्ने थाहा छ नि’ –उनले हास्दै प्रतिक्रिया दिए।

लोक गीत–संगीतमा क्षेत्रमा आफू लागेको समय र अहिलेमा खासै केही फरक नदेख्ने उनी अलि–अलि परिवर्तन हुनु स्वभाविकै भएको दाबी गर्छन्। ‘गीत–संगीतमा समयअनुसार अलि–अलि परिवतर्न त भइहाल्छन्। दर्शककै रुचि र मागअनुसार गीत–संगीत चल्ने हो। उनीहरुको मागअनुसार गीत दिन नसके पुरानो भइन्छ। तर, त्यस्तो आकाश जमिनको फरक पनि आएको छैन। कतिपयले गीतको लय उस्तै भए र आधुनिक जस्ता भए भन्ने पनि सुनिन्छ। अलि–अलि त मिलिहाल्छ स्लो गीतको प्याटर्न आधुनिक संगीतसँग कतै–कतै मेल खान सक्छ। यो त सामान्य हो नि। दर्शकको माग पनि हेर्न पर्छ’ –उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्