कोइला खानी भत्किदाँ ३५ घाइते ६० जना फसेका आशङ्का



नयाँ दिल्ली, १५ पुस । पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानी भत्किँदा कम्तीमा ३५ जना घाइते भएका एक प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । यस खानीका अझै ६० जना फसेका आशङ्का गरिएको छ ।

झारखण्डा राज्यको गोद्डा जिल्लामा बिहीबार राति सो घटना भएको जनाइएको छ । उद्धारकार्य जारी रहेको तर बाक्लो कुहिरोको कारण सो कार्यमा प्रभावित भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारार्थ अस्पताल लगिएको तर यस घटनामा परी हालसम्म कोही पनि मारिएको समाचार भने प्राप्त भएको छैन् ।

भारत कोइला उत्पादनको लागि विश्वमा नै तेस्रो स्थानमा पर्ने राष्ट्रको रुपमा रहेको छ । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ ।

तर कम मर्मत संभारको कारण यहाँ बारम्बार यस्ता दुर्घटना हुने गरेको छ । रासस/सिन्ह्वा

तस्बिरः बिबिसी हिन्दी

प्रतिक्रिया दिनुहोस्