नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी



काठमाडौं, (नेस)।

केही बेर अघि नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी भएको छ भने अर्को एक गाडीमा तोडफोड भएको छ ।

शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । कसले आगो लगायो भन्ने नखुलेको र अनुसन्धान जारी रहेको बानेश्वर वृत्तका प्रमुख डिएसपी नारायणप्रसाद चिमोडियाले न्यूज अफ नेपाललाई बताउनुभयो ।

त्यस्तै अर्को एउटा सरकारी गाडीमा समेत तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको हो।

प्रतिक्रिया दिनुहोस्