युवा संघका केन्दीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार



काठमाडौं,  १५ पुस ।
युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । युवासंघ रुपन्देहिका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको १० दिन नबित्दै सन्तोष माथी गए राति गोली प्रहार भएको हो ।

बिहीबार राति ९ बजे बाँकेको कोहलपुरमा अपरिचित समूहले बुढाथोकीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। घाँटीमा गहिरो चोट लागेका उनको अवस्था गम्भीर रहेको  इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

घाइते युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लखनउ लगिएकोे छ । खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्