विरोध पनि भयो



पुष ८ गते विराटनगरको रंगशालामा सातौं राष्ट्रिय खेलकुदको उद्घाटन भयो । उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । सोही उद्घाटन कार्यक्रममा आयोजक समितिकै पदाधिकारीहरूले कार्यक्रममै राष्ट्रपतिको अगाडि कानुनी राज्यको उपहास गरेको भन्दै विरोध गरेका थिए । सर्वाेच्च अदालतले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्म शमशेर राणा रहेको ठहर गर्दै निर्णय दिइयो । जसले गर्दा यसको प्रभाव सातौं राष्ट्रिय खेलकुदको उद्घाटन कार्यक्रममा पर्यो । नेपाल ओलम्पिक कमिटीका अध्यक्षका रूपमा जीवनराम श्रेष्ठलाई आसनग्रहण गराएकोमा उनीहरूले विरोध जनाएका थिए।

आयोजक राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालले समेत सर्वाेच्च अदालतले निर्णय गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीलाई गैरकानुनी भन्दै खारेज गर्न आदेश दिएको भए पनि कानुनी राजको उपहास गर्दै राष्ट्रपति उपस्थित कार्यक्रममा आसनग्रहण गराएको टिप्पणी गरेका थिए । त्यस्तै विरोध गर्नेमा लोकतान्त्रिक खेलकुदका अध्यक्ष देवेन्द्र शेरचन, अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष किसोर राईलगायत थिए । एन्फा उपाध्यक्ष किशोर राईले खेलकुद मन्त्रीसँग कार्यक्रमअघि नै वार्ता गरी अदालतको निर्णय कर्यान्वयनका लागि सहमति भए पनि पालना नगरिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्