करातेः पर्शुरामको ह्याट्रिक



सशस्त्र प्रहरी बलको नेपाल एपीएफका पर्शुराम बास्तोलाले राष्ट्रिय खेलकुदमा स्वर्ण पदकको ह्याट्रिक गरे । विराटनगरस्थित शहीद रंगशालामा सातौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पुरुष एकल कातामा पर्शुरामले स्वर्ण जिते । उनले नेपाल सेनाका डम्बरबहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । यो उनको राष्ट्रिय खेलकुदमा तेस्रो व्यक्तिगत स्वर्ण पदक हो । यसअघि उनले काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुद (२०६५) र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुद (२०६८) मा समेत स्वर्ण पदक हात पारेका थिए ।

पर्शुरामले स्वर्ण जितेपछि मिडियालाई भने– ‘राष्ट्रिय खेलकुदमा लगातार तीन पटक विजयी भएकोमा निकै खुसी लागेको छ ।’

यसै गरी एपीएफकै मुकुन्द महर्जनले पनि राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्दै पर्शुरामको बराबरी गरे । मुकुन्दले सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराते ६७ केजी तौलमा स्वर्ण हात पार्दै राष्ट्रिय खेलकुदमा लगातार स्वर्ण जितेका हुन् । यसअघि उनले पति पर्शुरामले झैं काठमाडांैंमा भएको पाँचौ राष्ट्रिय खेलकुद (२०६५) र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुद (२०६८) मा स्वर्ण पदक हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्