मृगौलापीडितलाई आर्थिक सहयोग



चण्डेनीमण्डन, (नेस) दुवै मृगौला फेल भएर उपचाररत काभ्रे चण्डेनीमण्डनका विशाल नेपाललाई काभ्रेकै कुन्ताबेंसी निवासी कृष्णकुमार श्रेष्ठले नगद १० हजार आर्थिक सहयोग गर्नुभएको छ। केही दिनअघि नेपाल समाचारपत्रमा प्रकाशित समाचार पढेर उहाँले उक्त आर्थिक सहयोग गर्नुभएको हो। पेप्सिकोलास्थित विशालकै डेरामा पुगेर कृष्णकुमारका भाइ श्यामकुमार श्रेष्ठले विशाल नेपाललाई नगद हस्तान्तरण गर्नुभएको हो।

त्यस्तै सो समाचार पढेर विशाललाई आर्थिक सहयोग गर्न विदेशमा रहनुभएका अन्य साथीले पनि सहयोग संकलन गरिरहनुभएको बताइएको छ। अमेरिकामा रहनुभएका चण्डेनीमण्डनकै देवेन्द्र नेपाल र शंकरमणि नेपालले पनि आर्थिक सहयोग जुटाउन आगामी शनिबार त्यहाँ रहेका नेपालीलाई भेला गरी सहयोग जुटाउने कार्यक्रम रहेको जानकारी दिनुभयो। त्यसै गरी मलेसियामा रहनुभएका कुन्ताबेंसीकै विमल पौडेल, ओमानमा रहनुभएका वसन्त नेपाल र यूकेमा रहनुभएका नारायण नेपालले पनि विशाल नेपाललाई आर्थिक सहयोग जुटाउने अभियान चलाउनुभएको छ। केही दिनमै संकलित रकम पठाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्