ल्होसारमा आयोजित म्याराथनको उपाधि खेमलाई



रविन भट्टराई, ताप्लेजुङ

तमु ल्होसारको अवसरमा ताप्लेजुङमा आयोजित खुल्ला पुरुष मिनी म्याराथुन प्रतियोगिताको उपाधि ताप्लेजुङकै खेम लिम्बुले जितेका छन्।

बिहीबार फुङ्लिङ स्थित तोक्मेडाँडा देखि सुकेटार हुँदै पुन तोक्मे सम्मको १८ किलोमिटर दुरी १ घण्टा ८ मिनेटमा पार गर्दै लिम्बूले उपाधि चुमेका हुन्। यस्तै दमकका याङदेव राई र तेह्रथुमका कुमार डाँगी निधारीत दुरी क्रमसः १ घण्टा ९ मिनेट र १ घण्टा १४ मिनेटमा पार गर्दै दोस्रो र तेस्रो हुन सफल भएका छन्।

शीर्ष तीन खेलाडीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्