हुण्डाईको विन्टर अफर



काठमाडौं, (नेस) नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ योजना ‘हुण्डाई विन्टर डिलाइट’ ल्याएको छ। जसमा ग्राहकले हरेक हुण्डाई गाडीको खरिदमा आकर्षक प्याकेज पाउने छन्।

यो योजना पुस १४ गतेदेखि देशभर सीमित अवधिको लागि लागू हुनेछ। यस योजना अन्तर्गत हरेक हुण्डाई गाडीको खरिदमा ग्राहकले एक सुनिश्चित बचतको प्याकेज पाउनेछन्। जस अन्तर्गत आकर्षक नगद छुट, निःशुल्क १ वर्षे बीमा सुविधा, आकर्षक ब्याजदर, निःशुल्क सडक कर, लोयल्टी बोनस एवं एक्सचेन्ज बोनस रहेको छ। हुण्डाईका १६ शोरुम नेपालको प्रमुख शहरमा रहेका छन्। जाडो मौसमको शुरूसँगै लक्ष्मी हुण्डाईले ग्राहकलाई न्यानोपनको अनुभूति दिने उद्देश्यले यो योजना ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्