लिखु–२ जलविद्युत् आयोजनामा माछापुच्छ्रेसहित ६ वटा बैंकले लगानी गर्ने



?

नेपाल समाचारपत्र
काठमाडौं
३३ दशमलव ४ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा ६ वटा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ५१ करोड रुपियाँ कर्जा लगानी गर्ने भएका छन्। ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिद्वारा प्रवद्धित उक्त आयोजनामा ऋण लगानी गर्ने सम्बन्धी प्रवद्र्धक कम्पनी र बैंकहरूबी बुधबार सम्झौता भएको छ।

उक्त जलविद्युत् आयोजनामा सहवित्तीयकरण गर्ने बैंक तथा वित्तीय संस्थाहरू मेगा बैंक नेपाल, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंक रहेका छन्। आयोजनाको लगानी संरचना अनुसार कुल लागत ६ अर्ब २ करोड रुपियाँमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवद्र्धकहरूको लगानी रहने छ। बैंकहरूद्वारा कर्जा लगानी गर्ने निश्चित भएपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने निश्चित भएको प्रवद्र्धकहरूको भनाइ छ।

रामेछाप जिल्लाको गुम्देर गाविस र सोलुखुम्बु जिल्लाको भकञ्जे गाविसमा निर्माण हुने लिखु–२ जलविद्युत् आयोजनाको २४२ मिटर हेड र १६ दशमलव ५ क्युसेक (डिजाइन डिस्चार्ज) पानी वालुवा थिग्राई करिब ७ किलोमिटर सुरुङ तथा ४८९ मिटर पेनस्टक पाइपको माध्यम विद्युत् गृहमा पुर्याई विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ।
अध्ययन अनुसार सो आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युत् उत्पादन हुनेछ। उक्त विद्युत् नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार न्यू खिम्ती सब–स्टेसनसम्म आयोजना आफैंले प्रसारणलाइन निर्माण गरी त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ। आयोजना समयमै सम्पन्न गर्न प्रवद्र्धक कम्पनीले सरकारलाई ‘परफमेन्स सेक्युरिटी’ समेत बुझाएको छ।

सहभागी बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट माछापुच्छ«्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र प्रवद्र्धक ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिका तर्फबाट अध्यक्ष मोतीलाल दुगडले सम्झौता आदानप्रदान भएको छ। लगानी सम्झौता भएको २⁄३ महिनाभित्रै आयोजनाका मुख्य संरचनाहरू निर्माण प्रारम्भ गरी वि.सं. २०७७ साउन १ गतेभित्रै विद्युत् उत्पादन गरिने कम्पनीको लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्