आईएस लडाकूद्वारा युवतीलाई मृत्युदण्ड



दमास्कस, (एजेन्सी) इस्लामिक स्टेट (आईएस) का लडाकूहरूले सिरियाली राष्ट्रपति बसार अल असादको समर्थन गरेको अभियोगमा एकजना प्योलेस्टाइनी युवतीलाई मृत्युदण्ड दिएका छन्।

हादील यास्सिन अबु अल मादी नामक ती युवती राजधानी दमास्कसको अल – यार्मोककी बासिन्दा हुन्। सो क्षेत्र आईएसको नियन्त्रणमा रहेको छ। आईएसको नेतृत्वमा रहेको हिस्वा प्रहरीले सिरियाली सरकारको गुप्तचर सेवा मुखवारातलाई सहयोग गरिरहेको आरोपमा बुधबार मादीलाई पक्रोउ गरेको थियो।

हिस्वा प्रहरीले उनलाई यार्मोकस्थित इस्लामिक अदालत सिरियासमक्ष पेश गरेको थियो। सो अदालतले उनलाई जासुसी गरेको अभियोगमा दोषी ठहर्याएर तत्काल मृतयुदण्ड दिन आदेश दिएको हो।

आईएस लडाकूहरूले मादीलाई सार्वजनिक स्थलमै मृत्युदण्ड दिएका छन्। सो निर्मम घटना दर्जर्नौं व्यक्तिले प्रत्यक्ष हेरेको कुर्दिस आवद्ध सिरियाली समाचार निकाय एआरए न्युजका स्थानीय सञ्चार अभियन्ता विस्सम दोघमोउसले बताएका छन्।

युद्धग्रस्त सिरियामा यस्तो घटना नयाँ हैन। ती लडाकूहरूले आफ्नो आदेश नमान्ने र विरोध गर्नेहरूको टाउको काट्ने वा तिनीहरूलाई जिउँदै जलाउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्