निर्माता संघको अध्यक्षमा आकाश, महासचिवमा रोज, सचिवमा सुशील र कोषाध्यक्षमा छवि निर्विरोध अदालतद्वारा निर्वाचन नगर्न अन्तरिम आदेश



लामो समयदेखि स्थगित हुँदै आएको नेपाल चलचित्र निर्माता संघको १४औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि आज शुक्रबार राजधानीमा निर्वाचन हुने भएको छ। निर्वाचन प्रक्रियाबमोजिम चुनावअघि नै निर्मँता, निर्देशक तथा अभिनेता निर्मँता संघको नयाँ कार्यसमितिका लागि अध्यक्ष भइसकेका छन्। बुधबार उनीविरुद्ध अध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि आकाश निर्विरोधरुपमा संघको अध्यक्ष निर्वाचित भइसकेका छन्। तर प्रक्रियाअनुसार आज हुने साधारणसभा र निर्वाचनले उनलाई औपचारिक रूपमा संघको नयाँ अध्यक्ष घोषणा गर्नेछ।

त्यसै गरी उम्मेदवारी दर्ताअनुसार निर्माता, निर्देशक तथा अभिनेता रोज राणा अर्को उम्मेदवारी नपरेपछि निर्विरोध महासचिव भएका छन् भने सुशील पोखरेल निर्विरोध सचिव र छवि ओझा कोषाध्यक्ष भएका छन्। यी सबै निर्विरोध उम्मेदवार निर्वाचित भएको घोषणा भने आज मात्र हुनेछ। विवादका बीच हुन गइरहेको साधारणसभा र निर्वाचन कार्यक्रमअन्र्तगत आज शुक्रबार उपाध्यक्ष पदमा मात्र निर्वाचन हुने देखिएको छ। २ उपाध्यक्षका लागि वर्तमानमहासचिव केशव भट्टराईका साथमा गोविन्द शाही र माधव वाग्ले गरी ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सदस्यहरूमा पनि निर्वाचनमा जानुअघि नै सहमतिबाट पदाधिकारीहरू चयन गरिने प्रयास भइरहेको छ। ९ सदस्य पदका लागि करिस्मा मानन्धर, दिपेन्द्र के खनाल, निकिता पौडेल, रोहित अधिकारी, रौनकबिक्रम कंडेल, भानुप्रताप, निश्चल बस्नेत, दीपकराज गिरी, अर्जुनकुमार, चेतन सापकोटा, सुशान्त श्रेष्ठ गरी ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। दुई जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनयन गर्ने प्रावधान छ। निर्माता संघको विधानबमोजिम कूल १५ सदस्यीय कार्य समितिको पदावधि ३ वर्षको हुनेछ।

संघको निर्वाचन मण्डलमा राजेन्द्र शुलभको नेतृत्वमा अधिवक्ता ताराकुमार श्रेष्ठ र पत्रकार शान्तिप्रिय रहेका छन्। यसैबीच बुधबार उच्च अदालत पाटनले संघको साधारण–सभा रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत पुस २ गतेका लागि तोकिएको साधरणसभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘आर्थिक अनियमितताको छानविन नसकिएको भन्दै रोकेको अवस्थामा संघले ६ लाख रुपियाँको हिसाब मिलाएर पुष ३ गते प्रशासनमा कागजात बुझाएपछि प्रशासनले १५ गतेभित्र निर्वाचन र साधारणसभा गर्न निर्देशन दिएको थियो। निर्माता नवल खड्काले बाँकी हिसाब साधारणसभाबाट क्लियर गरेर ल्याउँछु भनेकै भरमा साधारणसभाको ढोका खोलिदिएको भन्दै दायर गरेको मुद्दा उपर अदालतले अन्तरिम आदेश जारी गरेको हो। अदालतले साधारण सभा बोलाउँदा कम्तीमा २१ दिनअघि बैठक बस्ने स्थान, मिति, समय र छलफल हुन तोकिएको विषयको कार्यसूचीसहितको सूचना गर्नुपर्नेमा सोबमोजिम नभएको साधारणसभा सम्पन्न नगर्नु र नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्