एक दिनमा ४२ आतङ्ककारी मारिए



काबुल, १४ पुस । अफगानिस्तानको सरकारी सुरक्षा फौजको बुधबार बिहानबाट सुरु भएको कारबाहीमा परी थप ४२ जना शङ्कास्पद तालिवानी आतङ्कारीको मृत्यु भएको छ ।

“गत २४ घन्टाको अवधिमा अफगान राष्ट्रिय सुरक्षा फौजले गरेको कारबाहीमा परी २४ जना आतङ्कारीको मृत्यु हुनुको साथै ३६ जना घाइते भएका छन् ।

यस कारबाहीको क्रममा अन्य नौ जनालाई पक्राउ गरिएको रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त सुरक्षा फौजले आतङ्ककारी लुकेर बसेको थाहा पाएपछि आक्रमण गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

रक्षा मन्त्रालयले आक्रमणका क्रममा सुरक्षा फौजतर्फ कुनै मानवीय क्षति भएको वा नभएको बारेमा कुनै जानकारी दिएको छैन ।

सुरक्षा कारबाहीका क्रममा तालिवानी आतङककारीले बम र हतियारबाट प्रतिकार गरेका थिए ।
कुन्दुस सहरमा आफगानिस्तान हिन्दू कम्युनिटिका स्थानीय तहका नेता नारदसिंह बिहीबार बिहान संयुक्त सुरक्षा फौजको कारबाहीमा मारिएका छन् ।

खोजी तथा अनुसन्धानकार्य जारी रहेको स्थानीय प्रहरीका प्रवक्ता मफुजुल्लाह अकबरीले जानकारी दिनुभयो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्