क्रिसमसको बेला जाम्बियामा २० जनाको मृत्यु



लुसका, १४ पुस । जाम्बियामा क्रिसमस पर्व मनाईरहेका बेला भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

सो अवधिमा दुई सय १ दुर्घटना भएको र एक सय ५५ जना घाइते भएको प्रहरीले बुधबार जनाएको छ ।

प्रहरी प्रवक्ता एस्थेर काटोङगोले डिसेम्बर २३ देखि २७ सम्म १५ वटा गम्भीर प्रकृतिका दुर्घटना भएको जानकारी दिनुभयो ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष दुर्घटना र मृतक दुबैको सङ्ख्या बढेको उहाँले बताउनुभयो । प्रवक्ता काटोङगोका अनुसार गतवर्ष सन् २०१५को क्रिसमसको समयमा १३ जनाको मृत्यु भएको थियो भने ९९ वटा सवारी दुर्घटना भएका थिए ।

सरकारले क्रिसमसका बेला भएका हिंसात्मक घटनाको पनि विवरण राखेको छ । सो अवधिमा शारिरिक हिंसा ६४ वटा, चोरीका घटना ४८ वटा, घर तोडफोडका घटना २६ वटा र अन्य अनैतिक घटना ११ वटा भएको प्रहरीले जनाएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्