अफगानिस्तानको राजधानीमा विस्फोट



काबुल, १३ पुस । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा पर्ने इलाकामा बुधबार भएको एक बम विस्फोटमा मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

स्थानीय समयाअनुसार बुधबार बिहान ०९ बजे दास्त ए बार्ची इलाकामा रहेको सिते मस्जिद नजिकै सो विस्फोट भएको प्रत्यक्षदर्शी मोहमद फाहिमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

अफगान सांसद सदस्य सो इलाकाबाट गइरहेको अवस्थामा उक्त विस्फोट भएको मोहमदले बताएका छन् ।

प्रारम्भिक समाचार अनुसार यस विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् । यस समाचारको विस्तृत विवरणको लागि अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय टेलिभिजन च्यानलले देखाएको एक दृष्यअनुसार विस्फोट भएको इलाकामा भवन र कारहरु क्षतिग्रस्त भएका छन् । यस विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्