टाटा टियागोलाई अन्तर्राष्ट्रिय अवार्ड



नेपाल समाचारपत्र
काठमाडौं
डायनामिक स्पोर्टी ह्याचब्याक कार, टाटा टियागो विभिन्न अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित हुँदै वर्षकै सर्वोत्कृष्ट ह्याचब्याक साबित भएको छ। उक्त कारले सिएनबिसि टिभी १८ ओभरड्राइभ अवार्ड २०१७ मा ‘कम्प्याक्ट कार अफ द इयर’ र अटो पोर्टल बेस्ट कार अवार्ड २०१७ मा ‘बेस्ट ह्याचब्याक अफ द इयर’ र एनडी टिभी कार एन्ड बाइक अवार्ड २०१७ मा ‘इन्ट्री ह्याचब्याक अफ द इयर’ अवार्डहरू हात पार्न सफल भएको कम्पनीले जनाएको छ।

उक्त अवार्ड वितरण कार्यक्रमहरूमा नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ डाइनामिक्स सम्बन्धी सम्पूर्ण पक्षहरूको चर्चा भएको थियो।
अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ सुविधायुक्त टाटा टियागोले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ। आकर्षक बडी वीथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषतासहित विश्वासिलो, चुस्त एवं साहसिक यो गाडीले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ। २१औं शताब्दीको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङको अनुभव प्रदान गर्ने कँपनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्