समुद्री तटमा मदिरा प्रतिवन्धित



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाली चर्चित सिडनी समुद«ीतटमा हालै सम्पन्न क्रिशमश पार्टीपछि १५ टन फोहर थुप्रिएको कारण त्यहाँ मदिर सेवन माथि प्रतिवन्ध लगाइएको छ । क्रिशमशको दिन कुजी समुद«ी तटमा १० हजार भन्दा बढि व्यकित जम्मा भएका थिए ।

तिनीहरुले त्यहाँ रक्सीका बोटल , चुरोटका बटा र अन्य फोहोर छोडेर गएका थिए । र्यान्डविक नगर परिषदले उक्त घटनाको आलोचना गर्दै सो प्रतिवनधको घोषणा गरेको हो ।

अष्ट्रेलियामा डिसेम्वर देखि फेब्रुअरी सम्म गृष्म ऋतु लाग्ने गर्दछ । र्यान्डविकका मेयर नायल डिसुजाले फेसबुक मार्फत त्रिशमशको दिने त्यहाँ केह िव्यक्तिले गरेको गलत व्यवहारको कारण मदिरा प्रतिवनध लगाइएको बताएक छन् । गृष्म ऋतुभरि नै यो प्रतिवन्ध लागु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्