पन्ध्र सय गार्मेन्ट मजदुर कामबाट निकालिए



ढाका,(एजेन्सी) बंगलादेशमा तलवको विषयलाई लिएर एक साता देखि प्रदर्शन गर्दै आएका गार्मेन्टका कम्तिमा १ हजार ५ सय जना मजदुरलाई कामबाट निकालिएको बुधवार प्रहरीले जनाएको छ । आसुलिया जिल्ला पश्चिमी ब्रान्डका महत्वुपुर्ण लुगाफाटा आपुर्ति गर्दै आएका दर्जर्नौं कारखाना मजदुरहरुको हडतालको कारण बन्द हुन पुगेका थिए ।

प्रहरीले मंगलवार कारखाना पुन संचालनमा आएको र हडतालमा उत्रेका मध्ये धेरै मजदुर काममा फर्किसकेको तथा थुप्रै मजदुर नेताहरुलाई गिरफतार गरिएको बताएको छ । गत साता प्रहरीले गार्मेन्ट उद्योग सम्बन्धी समाचार सम्प्रेषणमा नामुद मानिएका एकजना पत्रकारलाई मजदुरहरुलाई उक्साएको अभियोगमा गिरफतार गरिएको थियो ।

नाज्मुल हुदा नामक ति पत्रकारलाई गलत समाचार लेखेको र युनियनका नेताहरुसंग गोप्य बैठक बसेको अभियोग लगाइएको थियो । हुदा गार्मेन्ट कारखाना रहेको राना प्लाजा कम्प्लेक्सको ढाँचा गलत रहेको भनी समाचार लेख्ने पहिलो पत्रकार थिए । सन् २०१३ मा १ हजार १ सय जना भन्दा बढि व्यक्तिको ज्यान जाने गरी सो कम्प्ल्ेक्स ढल्नु अघिल्लो दिन उनको उक्त सनसनिखेज समाचार प्रकासित भएके थियो ।

उक्त दुर्घटनको कारण विश्वभरि बंगलादेशमा गार्मेन्ट कारखानाहरुको सुरक्षा स्थिती र कम तलव बारे निकै आलोचना भएको थियो । बंगलादेशबाट निकै ठुलो परिमाणमा गार्मेन्ट निर्यात् हुने गरेको छ । यदि यस उद्योगमा अवरोध आएके खण्डमा अर्थतन्त्र नै नराम्ररी प्रभाबित हुनसक्छ ।

मजदुरहरुले न्युनतम २ सय ३ अमेरिकी ढलर तलव माग गर्दै हडताल गरेका हुन् । अहिले तिनीहरुको न्यनतम तलव ६७ डलर मात्र रहेको छ । आसुलिया स्थित गार्मेन्टहरुबाट पश्चिमी चर्चित ब्रान्ड जारा , ग्याप र एच एन्ड एमका लुगाफाटा उत्पादन हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्