निर्वाचनको मिति घोषणा गर्न तीन दल सकारात्मक



१३ पुस, काठमाडौं ।
प्रमुख तीन दल कांग्रेस एमाले र माओवादीबीच निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् । निर्वाचनको मिति घोषणा गर्न सत्तारुढ दल कांग्रेस–माओवादीले संविधान संशोधन प्रस्तावमाथि संसदमा छलफल गर्नुपर्ने अडान लिएका छन भने प्रतिपक्ष दल एमालेले प्रस्ताव फिर्ता नलिदासम्म संसद चल्न दिने अडान लिएका छ ।

स्थानीय तहको निर्वाचन गराउन तीन दल सकारात्मक भएपछि सत्ता पक्ष र प्रतिपष दलले अडान नछोडदा एक महिनादेखि अवरुद्ध संसद चल्न सकेको छैन् ।एमालेले निर्वाचनको मिति घोषणा गर्नुपर्ने, संविधान संशोधन प्रस्ताव स्थगित गर्नुपर्ने माग राखेपछि सत्तारुढ दल कांग्रेस र माओवादीका नेताहरुले असहमति जनाएका थिए ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा  पनि सहमति भन्दा पनि विवाद भएको छ । प्रधानमन्त्रीले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन आग्रह गरेका थिए । तर एमाले अध्यक्ष ओलीले प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरेपनि दुइ नेताबीच केही समय भनाभन भएको थियो ।

प्रचण्डले संविधान संशोधन, निर्वाचन,निर्वाचन सम्वन्धी विद्येयक, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव एवम् स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन लगायतका विषयमा प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्न आग्रह गरेका थिए ।   तीन दलबीच कुनै सहमति नभएपनि पुनः बैठक बस्ने भने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्