गुल्मीमा पुस दोस्रो सातादेखि गाउँ गाउँमा ईन्जिनियर



(अनिल खत्री)/गुल्मी, पुस १३ ।

भुकम्प गएको झण्डै २० महिनापछि गुल्मीका भुकम्प पीडितहरुको घर पुनः निर्माणका लागि पुस १४ देखि गाउँ गाउँमा ईन्जिनियर पठाउने भएको छ । भुकम्प प्रभावित आवास पुनः निर्माण कार्यक्रम जिल्ला लगत संकलन व्यवस्थापन कार्यालय समेत सदरमुकाम तम्घासमा स्थापना भएको छ ।

तम्घासमा सम्पन्न एक कार्यक्रमको आयोजना गरी अव छिट्टै भुकम्प पिडिहरुको घर पुनः निर्माणको काम थालनी जानकारी दिएको हो ।  विभागले गुल्मीमा ७ हजार ४ सय ८८ घरधुरी भुकम्प पिडित रहेको तथ्याङ पठाएको छ । यस अघि जिल्लाका प्राविधिकहरुले रातो र पहेलो कार्ड मार्फत गरिएको प्रमाणीकरणलाई एकै मिसाएर पठाएको छ ।

यस अघि रातो र पहेलो कार्ड जुन सुकै पाएका घरधुरीलाई  केन्द्रबाट आउने ईन्जिनियरहरुले नयाँ मापदण्ड अनुसार प्रमाणीकरण गर्ने संकलन व्यवस्थापन कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए । संकलित प्रमाणीकरण नै अन्तिम र पुनः निर्माणको काम थालनीको चरण हुने पोखरेलले जानकारी दिए ।

भुकम्पबाट क्षतिग्रस्त घर वाहेक नेपाल अधिराज्यको कुनै पनि स्थानमा अर्को घर हुनेहरुले पुनः निर्माणका लागि उपलव्ध हुने रकम पाउने छैनन् । जिल्लामा पौष १४ गतेबाट सुरु हुने लगत संकलन कार्य ४५ दिन भित्रमा सकिने पोखरेलको भनाई रहेको छ । भुकम्पले घर भत्केर नयाँ बनाएकाहहरुले पनि उक्त रकम पाउने भएका छन् । व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गनाले भने –‘यो कामको थालनीबाट कोही अन्यायमा पर्ने छैनन् । यसर्थ पनि यस कार्यालाई छिट्टो सफल पार्न सबैको सहयोगको जरुरी छ ।’

उनले व्यवस्थापन कार्यालयलाई प्रमाणीकरण गर्दै गर्ने र अर्को तर्फ पुनः निमार्णका लागि आउने पहिलो चरणको रकम पनि वितरण गर्ने कार्यका लागि विभागलाई ताकेता  गर्न समेत सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्