१७ जना क्षमताको कारागारमा ७१ कैदी बन्दि ।



(चिरञ्जीवी मास्के)/दोलखा, पुस १३ ।

भवनको अभावमा चरिकोट कारागारका कैदी बन्दि प्यासेज र भ¥याङ मुनि सुत्न बाध्य भएका छन् । १७ जना राख्ने क्षमता भएको बन्दि गृहमा अहिले ७१ जना राख्नु पर्ने भएकोले ठाँउको अभावमा प्यासेज र भ¥याङ मुनि समेत सुताउनु परेको कारागार प्रमुख मुकुन्द पन्थले बताए ।

विनाशकारी भुकम्पले पुरानो भवन क्षतिग्रस्त भएपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा नयाँ भवन बनाउन सुरु गरिएको भएपनि ठेकेदारले अहिले १७ जना राख्ने क्षमता भएको महिला बन्दि गृहमात्र निर्माण सम्पन्न गरिदिएकोले ७१ जना पुरुष कैदी÷बन्दिलाई सोहि भवनमा राख्नु परेको पन्थको भनाई छ । महिला कैदी÷बन्दिलाई भने रामेछाप लगाएतका जिल्लामा पठाउने गरिएको पन्थले बताए ।

चिसो मौसममा उनीहरुलाई भवनको प्यासेज र भ¥याङ मुनिको सानो ठाँउमा सुताउनु पर्दा निक्कै समस्या भएको पन्थले गुनासो गरे । उनीहरु बेलुका प्यासेज र भ¥याङमा सुत्छन् र विहान भएपछि विच्छ्यौना कोठामा राख्छन् – कारागार प्रमुख पन्थले भने । अहिले ७१ कैदी बन्दि मध्य ५ जना प्यासेजमा र ८ जना भ¥याङ मुनी सुत्ने गरेको र बाँकी १७ जना क्षमताको कोठामा मुश्किलले सुत्ने गरेको चरिकोट कारागारले जनाएको छ । धेरै पटकको ताकेता पछि अहिले ठेकेदारले पुरुष बन्दि गृह बनाउन सुरु गरेको छ, यो आर्थिक बर्ष भित्र बनाई सकिन्छ भनेको छ हेरौ के गर्ला – कारागार प्रमुख पन्थले भने । ५० जना क्षमताको पुरुष बन्दि गृह निर्माण पछि केहि सहज हुने र महिला कैदी बन्दिलाई पनि अन्यत्र पठाउनु नपर्ने पन्थको भनाई छ ।

भवनकै अभावमा कारागारको कर्मचारी र सुरक्षाकर्मीहरुलाई समेत समस्या भएको कारागार प्रमुख मुकुन्द पन्थले बताए । चरिकोट कारागारमा अहिले एक जना शाखा अधिकृत सहित ५ जना कर्मचारी र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १४ जना सुरक्षाकर्मी रहदै आएका छन् । कारागार प्रमुख पन्थका अनुसार कार्यालय भवन समेत बन्न नसकेकोले अहिले सुरक्षाकर्मी कार्यालयमा बस्दा कारागारको कर्मचारी बाहिर बस्नु पर्ने र कर्मचारी भित्र बस्दा सुरक्षाकर्मी बाहिर बस्नु पर्ने अवस्था रहेको छ । चरिकोट कारागारमा रहेको ७१ जना कैदी बन्दि मध्य १ जना सिन्धुपाल्चोकको र १ जना सिराहका छन् भने बाँकी सबै दोलखाकै छन् ।

भवनको अभावमा बस्न समस्या भएकोले केहिलाई अन्यत्र पठाउन खोज्दा उनीहरु अन्यत्र जान नचाहेको पन्थले बताए । चरिकोट कारागारमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको सहयोगमा सहरी विकास कार्यालयले पुरुष र महिला बन्दि गृह गरी दुई वटा र दुई वटा कार्यालय भवन निर्माण भै रहेको छ । जसमा एउटा पुरुष बन्दि गृह र एउटा कार्यालय भवन बन्न बाँकी रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्