८ अरब ठगेर फरार व्यवसायी सुधिर बस्नेत पक्राउ



काठमाडौ(नेस) । बैक तथा सर्वसाधारणको झण्डै ८ अर्व रुपिया ठगेर फरार भएका घरजग्गा ब्यवसायी सुधिर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न बैकको १ अर्व ६० करोड र सहकारी तथा सर्वसाधारणका झण्डै ७ अर्व ठगी गरेका बस्नेतलाई प्रहरीले धापासीबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौले २ बर्ष कैद र ५० लाख जरिवाना गरेपछि फरार भएका बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई झण्डै १ बर्ष लागेको थियो ।

अदालतले कैदको फैसला गरेपछि भारतका बिभिन्न शहरमा लुकेर बसेका बस्नेत काठमाडौ आएको थाहापाएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको थियो ।

अदालतको फैसला कार्यान्वयन गराउने क्रममा प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौ पठाउने भएको छ । कोहिनुर हिल हाउजिङ एण्ड कोहिनुर बिल्डर्सका नाममा बिभिन्न बैंकबाट बस्नेतले  एक अर्व करोड ६० रुपैयाँ लिएका थिए । राष्ट्रिय वाणिज्य बैंकबाट लिएको २१ करोड ७१ लाख रुपैया अझै तिर्न सकेका छैनन भने कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ पनि भुत्तानी गरेका छैनन ।

नबिल बैंकको १४ करोड ६ लाख रुपैयाँ बस्नेतले तिर्न नसकेपछि कालो सुचीमा निकालेको छ । बिभिन्न जग्गा देखाएर सर्वसाधारणसंग उठाएको रकम तिर्न नसकेपछि बस्नेत पीडितहरुले संघर्ष समिति नै गठन गरेर सरकारको ध्यानाकर्षण गराएका थिए । तर सरकारले पीडितको आवाज सुन्ने काम नगरेपछि उनीहरु निरास छन ।

प्रतिक्रिया दिनुहोस्