पढाइ बन्द गरेर मेला संचालन : सयौं विद्यार्थीहरुको पढाइ अलपत्र



 जिल्लामा गतिलो सार्वजनीक सभा समारोह मेला तथा अन्य कार्यक्रम आयोजना गर्ने मञ्च नहुदा विद्यालयमा हुने  हरेक कार्यक्रमले गर्दा यहाँका विद्यार्थीहरु नियमित पठनपाठन वाट हरेक वर्ष वञ्चीत हुने गरेका छन ।

(दिपेन्द्र शर्मा)/जाजरकोट, १३ पुस ।
प्राय नियमित पढाइ नहुने जाजरकोटका विभिन्न  सरकारी तथा निजी विद्यालयको  यस वर्षको पढाइ पनि जाजरकोटको रमाइलो मेलाले अलपत्र बनाइदिएको छ । व्यापारीहरु आफनो व्यापार व्यावसाय फस्टाउने आशाले खुशी भएका बेला जिल्लाका परीक्षाको पर्खाइमा रहेका सयौं बिद्यार्थीहरु भने  निराश भएका छन् ।

भेरी मालीका नगरपालीका जाजरकोटको त्रिभुवन उच्च मावि खलंगाको प्रांगणमा बुधबारदेखि सुरु भएको मेलाका कारण  उक्त बिद्यालयको कक्षा ६ देखि १२ मा पढ्ने  झन्डै दुइ हजार विद्यार्थीको पढाइ  एक हप्ताका लागि बन्द भएको छ भने भेरीमालीका नगरपालीका र आसपासका गाविसका बिद्यालयहरु पनि मेलाकै कारण वन्द जस्तै भएका छन् । विद्यालय वन्द हुदा १० हजार वढी बिद्यार्थीहरुको पढाइ प्रभावित भएको छ ।

मेलाको बहानामा शिक्षकहरुले पढाउन छोडेपछि बिभिन्न परीक्षाहरुको तयारीमा रहेका बिद्यार्थीहरु अन्योलमा परेका हुन् । सयौं बिद्यार्थीहरुको पढाइ लामो समय अलपत्र हुन पुगेको  छ । सदरमुकाम भित्र मात्र होइन जिल्लाका दुर्गम गाउँहरुमा समेत मेलाकै कारण पठनपाठनमा असर परेको  छ ।

‘सबै भन्दा बढी पढाइ हुने महिना भनेकै मंसिर र पुस हुन् त्यहि पनि मेला, विभिन्न पार्टीका राजनैतिक कार्यक्रम र अन्य विभिन्न कार्यक्रमले  एक  महिना रोक्यो कति बेला पढ्ने खै ?’  त्रिभुवन उच्च मावि खलंगाका कक्षा १० का विद्यार्थी गोपाल वलिले भने । मेलाकै कारण  त्रिभुवन उच्च मावि खलंगाको  लामो समय पढाइ  नहुने  निश्चित भएको  बिद्यार्थीहरु बताउछन् ।

जिल्लामा सभा समारोह तथा मेला आयोजना गर्ने  उचित  स्थान नभएका कारण यहि विद्यालयमा जिल्लाका सबै जसो कार्यक्रमहरु संचालन हुने गरेकोले बिद्यालय लाई समस्या हुने गरेको तथा बिद्यालयको पठनपाठनमा बाधा पुग्ने गरेको त्रिभुवन उच्च मावि खलंगाका प्रधानाध्यापक हेरम्ववहादुर शाहले वताए । जिल्लामा गतिलो सार्वजानिक मञ्च नहुदा वर्ष भरिका राजनैतिक दल तथा अन्यले आयोजना गर्ने विभिन्न सभा समारोह र मेलाका कारण विद्यालयले कहिले पनि कोर्ष पुरा गर्न नपाएको प्रधानाध्यापक शाहले बताए ।

विद्यार्थीहरु पढाई प्रभावित हुने भए पछि केही समय अगाडी बिद्यालय ब्यवस्थापन समितिको बैठकले मेला तथा सभा समारोह लगाएतका विभिन्न कार्यक्रमको लागी  विद्यालयको फिल्ड उपलब्ध नगराउने र बिद्यालयको फिल्डमा मेला लगाउन नदिने निर्णय गरेको थियो ।

स्थानिय राजनैतिक दल सामाजिक संघ संस्थाहरुको चर्को दवाब पछि विद्यालयले मेलाका लागी फिल्ड उपलब्ध गराउने निर्णय गर्न बाध्य भएको छ ।  बिद्यालयमा नियमित पढाई भयो भएना  विद्यार्थीहरु समयमा आफनो कितावको पुरा कोर्ष पढन पाए पाएनन भन्दा पनि मेला किन नलगाएको भनेर राजनैतिकदल तथा सामाजिक संघ संस्थाहरु बढि क्रियाशिल भएर दवाव दिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शाकेन्द्र विक्रम शाहले बताए ।

जिल्ला स्तरका सवै जसो कार्यक्रमहरु यसै विद्यालयमा भएर विद्यालयको पढाई प्रभावित हुदा त्यस तर्फ कसैको ध्यान नपुगेको भन्दै नचाहिने कुरामा वढि दवाव आउने गरेको शाहले बताए ।  चर्को दवाव पछि विद्यालयले अव अन्तीम पटकको लागी भनेर यस पटक विद्यालयको प्रा¨न उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

जिल्ला स्थित विभिन्न राजनीतिक दल, सामाजिक संघ सस्थाहरु सहित सर्व पक्षिय टोलीले एतिहासीक रुपमा लाग्दै आएको मेला लाई वन्द गर्नु भन्दा पनि जिल्लाको आर्थिक समृद्धि, कला संस्कृतिको जगेर्ना र जनचाहान बमोजिम रमाईलो मेलाका लागि विद्यालयले फिल्ड उपलब्ध गराउनु पर्ने आग्रह गरेको नेपाली कांग्रेस जाजरकोटका सभापति दिपक जंग शाहले वताए  ।

परम्परागत रुपमा लामो समय देखि लाग्दै आएको रमाईलो मेला नलाग्ने निणर्य हुदा जिल्लाका ब्यापारी हरु निरास भएका थिए । विद्यालयमा अन्तीम पटक मेला आयोजना गर्न दिने भए पछि आफनो ब्यापार ब्यवसायमा राम्रो किनमेल हुने भएपछि निरास भएका ब्पापारी हरु खुसी भएका छन ।

स्वर्गीय पुर्व राजा विरेन्द्रको जन्मदिनको अवसरमा प्रत्येक वर्षको पौष १३ ,१४ ,१५र १६ गते मेला लाग्दै लाग्दै आएको थियो ।  जिल्लाको सदरमुकाममा लाग्नेमेला १० गते देखिनै लाग्ने गरेपनि योपटक भने १२ गते देखि १६ गते सम्मा लाग्ने भएको छ । विद्यालयले मेलाका लागी फिल्ड उपलब्ध गराए वापत १ लाख आम्दानी गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्