चर्चाको शिखरमा सविनको पुनरागमन र पल्लवी



छिट्टै आउँदै अर्को सेल्फि
प्रशान्त वली/नेस ।
दाङ जिल्लामा उपन्यासकार र पत्रकारको रुपमा परिचित सविन प्रियासन यतिबेला सामाजिक काममा व्यस्त देखिन्छन् । भर्खरै बजारमा पुनरागमन र पल्लवी उपन्यास भित्र्याएका प्रीयासन यतिबेला उपन्यासवाट संकलन भएको रकम सामाजिक र असहायहरुको सहयोगार्थ खर्चिने तयारीमा छन् ।

दाङ जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिकाका सञ्चालक र पत्रकार महासंघ दाङको दुई कार्यकाल सचिव पदमा आफ्नो भूमिका निर्वाह गरेका प्रीयासन उपन्यासकारका रुपमा आफ्नो नाम दर्ज गर्ने तयारीमा छन् । किन पत्रकार भएर उपन्यास लेखेको भन्दा उनि भन्छन्,–‘ मेरो पत्रकारीताको जग साहित्यबाट सुरु भएको हो । साहित्य रुचिको विषय हो । मैले लेख्ने साहित्य सामाजिक विषय वस्तुमा आधारित हुन्छन् । ’ भनिन्छ मान्छेका हरेक उद्धेश्य लक्ष्य र योजना हुन्छन् ।

लक्ष्य नभएको मान्छे नै हुदैंन । महाकवि लक्ष्मीप्रसाद देबकोटाले भनेका छन्,–उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक । हो, युवा पंक्ति सवैले उनलाई राम्ररी चिन्छन् । कारण हो – युवा संग चाँडै भिज्न सक्नु । साहित्यीक उपमा प्रीयासन राखेका उनी पछिल्लो समय उपन्यास लेखेकै कारण चर्चाको मैदानमा छन् । उपन्यास लेखेर बिक्री गरि आएको रकम सामाजिक काममा लगाउने प्रियासनको योजना छ । विशेषत प्रेम कहानीमा बन्ने उनका उपन्यासमा मिलन र बिछोडका भावहरु जोडिएका हुन्छन् ।

भर्खरै बजारमा आएको पल्लवी उपन्यासको कभरपेजमा तरकारीवाली कुसुम श्रेष्ठ र लिटिल मिस–२०१६ को पपुलर श्रृंखला वुढाथोकीको तस्विर रहेको छ । केहि दिन अघि पत्रकार महिलाको कथामा आधारीत पुनरागमन उपन्यास प्रियासनले वजारमा ल्याएका थिए । साहित्यकार प्रियासनले असहाय, अशक्त बालबालिकालाई उच्चशिक्षासम्म अध्ययन गराउने उद्देश्यले उपन्यासबाट संकलन भएको रकम शैक्षिक अक्षयकोषमा जम्मा गर्ने बताए ।

उनकै नेतृत्व र पहल कदमीमा जिल्लामा बिभीन्न कार्यक्रम समेत भएका छन् । दाङलाई राजधानी बनाउने अभियानको सूरुवात गर्न प्रियासनले निकै भुमिका खेलेका छन् । किन थर नराखी प्रियासन लेखेको भनी सोध्दा त्यस भित्र प्रेमको बिषयबस्तु लुकेको प्रतिकृया दिए । पत्रकार महासंघको चुनाबमा एक मतले मात्रै हारेका प्रियासन प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष समेत हुन् । उनि अहिले सेल्फी उपन्यास लेख्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्