आगलागीबाट पाँच करोडको क्षति



काठमाडौं, (नेस)
मख्खन गल्लीस्थित एक कपडा पसलमा सोमबार आगलागी भएको छ। विद्युत सर्ट भई मख्खन गल्लीस्थित चेलीबेटी साडी पसलमा आगलागी भएको महानगरीय प्रहरी प्रभाग काठमाडौंले बताएको छ।

आगलागीका कारण करिब ५ करोडको क्षति भएको पसलका सञ्चालक दीपक पाठकले बताउनुभयो। काठमाडौं महानगरपालिकाका ४ वटा र ललितपुर उपमहानगरपालिकाको एउटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा आएको काठमाडौं दमकल प्रमुख किशोर भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्