राष्ट्रिय खेलकुदः नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा



(विक्रम गिरी) सुनसरी, १२ पुस । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ ।

हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२ रजत र २५ कास्यसहित ७१ पदकका साथ दोस्रो तथा सशस्त्र प्रहरी १८–८ स्वर्ण र रजत तथा २९ कास्यसहित ६५ पदकले तेस्रो स्थानमा छ ।

बास्केटबल

बास्केट बल महिलातर्फका प्रतिस्पर्धामा मध्यमाञ्चल विजेता बनेको छ । धरानमा सोमबार सम्पन्न फाइनलमा मध्यमाञ्चलले विभागीय टोल नेपाली सेनालाई ४०–२७ अङ्कले पराजित ग¥यो । मध्यमाञ्चलका लागि एलिना गुरुङले १३ अङ्क जोडिन् ।

यस्तै मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ अङ्कले हराउँदै कास्य पदक पायो । पुरुषतर्फ मध्यमाञ्चल पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चल मध्यपश्चिमाञ्चललाई १०६–५४ अङ्कले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्