कवि सायमीको निधन



काठमाडौं, (नेस)
नेपालभाषाका प्रसिद्ध कवि तथा पूर्वसांसद बुद्ध सायमीको ७२ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ। सिकिस्त बिरामी भएपछि उहाँलाई शनिबार बेलुकी आईसीयूमा राखेर उपचार शुरु गरिएको थियो।
मधुमेह, मृगौला तथा लिवर रोगको उपचार गराइरहनुभएका कवि सायमी गत सोमबार निवासमै बेहोस हुनुभएपछि उहाँलाई पाटनको अल्का अस्पताल लगिएको थियो। वि.सं. २०६४ सालको संविधानसभामा नेपाः पार्टीबाट सभासद् हुनुभएका सायमीको दुई कविता सङ्ग्रहसहित नेपाल भाषाका थुप्रै कृतिहरू प्रकाशित छन्। वि.सं. २०२० देखि नै कविता लेख्न शुरु गर्नुभएका सायमीका पत्नीसहित एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्