सेञ्चुरी बैंकलाई आस्बा स्वीकृति



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र दरखास्त संकलन कार्य (आस्बा) गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। सेञ्चुरी बैंकले धितोपत्र निष्कासन हुँंदाका बखत लगानीकर्ताबाट दरखास्त बुझि लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ। उक्त कार्य माघ १ गतेदेखि लागू हुनेछ।

आव २०७३⁄७४ को असोज मसान्तसम्म बैंकले निक्षेप ३१ दशमलव ६८ अर्ब र कर्जा रकम २७ दशमलव ६० अर्ब परिचालन गरी १२ दशमलव ३१ करोड रुपियाँ सञ्चालन मुनाफा र ७ दशमलव ४३ करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ। बैंकको हाल ३१ वटा शाखा, २९ वटा एटीएम, १३ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन् काउन्टर रहेको छ।

प्रतिक्रिया दिनुहोस्