क्रिसमस गीतबाटै हिट, त्यसै दिन निधन



लास्ट क्रिसमस डे, आई गिभ अ माई हर्ट गीत गाएर लोकप्रियता कमाएका ब्रिटिस पप गायक तथा दुई पटकका ग्रामी अवार्ड विजेता जर्ज माइकलको ५३ वर्ष उमेरमा क्रिसमसकै दिन निधन भएको छ। ‘हामीलाई यो कुराको पुष्टि गर्दा निकै दुःख लागिरहेको छ कि हाम्रा प्यारा छोरा, भाइ तथा साथीको यस क्रिसमसको दिन निधन भयो’, जर्जको प्रचारकले उनको निधनको पुष्टि गर्दै भनेका छन्– ‘उनको परिवारको चाहना छ कि यस अप्ठेरो र भावनात्मक परिस्थितिमा उनको गोपनीयताको सम्मान गरीयोस्।’

२५ जुन १९६३ मा जन्मिएका जर्ज माइकलको असली नाम जर्जियोस किरियाकोस पर्नाइओटाउ थियो। १९८० को दशकमा उनले आफ्नो स्कुलको साथी एड्रइ्ु रिजेलेसँग मिलेर ह्वाम नामक ब्यान्ड गठन गरेका थिए। ह्वाम एल्बममा समावेश केएरलेस ह्विस्पर बोलको गीत मन पराइएको थियो। एल्बम संसारभरि गरेर करिब ६० लाख प्रति बिक्री भएको थियो। पछि ब्यान्डको जोडी धेरै समयसम्म चलेन र उनी एक्लै गायक र गीतकारको रूपमा काम गर्दै आएका थिए।

रिजेलेलेसँग अलग भएपछि सन् १९८७ मा एकल एल्बम फेथ निकाले, जुन संसारभरि २ करोडभन्दा बढी बिक्री भएको थियो भने यसले अमेरिकामा केही रेकर्ड बनाएको थियो। सन् २००४ मा रेडियो एकेडेमीले उनलाई १९८४ देखि २००४ सम्मको अवधिमा ब्रिटिस रेडियोमा सर्वाधिक बजाइएको कलाकारको दर्जा दिएको थियो। उनको निजी जीवन र पेसेवर क्यारिएरमा आधारित वृतचित्र अ डिफरेन्ट स्टोरी २००५ मा रिलिज भएको थियो। उनको लोकप्रिय एल्बम फेथ, लिसेन विदाउट प्रिज्युडाइस, ओल्डर, सङ फ्रम द लास्ट सेन्चुरी र पेसेन्स हुन््।

प्रतिक्रिया दिनुहोस्