महिला क्रिकेटमा एपीएफ र पूर्वाञ्चल फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब र आयोजक पूर्वाञ्चल विकास क्षेत्र फाइनलमा पुगेका छन् ।

सोमबार इटहरीमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले मध्य पश्चिम विकास क्षेत्रलाई ८३ रनले हरायो । त्यस्तै अर्को सेमिफाइनलमा खेलमा पूर्वीय टोलीले मध्यमाञ्चल विकास क्षेत्रलाई ६० रनले पराजित ग¥यो । भोलि स्वर्ण, रजत र कांस्य पदकका लागि खेल हुँदैछ ।

आज इटहरीको डीभीएम विद्यालयमा भएको खेलमा एपीएफले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षेतिमा १ सय २० रनको योगफल बनायो । टोलीको लागि करुणा भण्डारीले ४५ रन र सरिता मगरले ४३ रनको योगदान दिए । मध्यपश्चिमका बलरमा शर्मिला मगर र अनिता चौधरीले २÷२ विकेट लिएका थिए ।

जवाफमा मध्यपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ३७ रन मात्रै बनाएको थियो । टोलीका कोही पनि खेलाडी दाहोरो अंकमा पुगेनन् । एपीएफका बलरमा करुणा भण्डारीले ३ विकेट लिइन भने बीनु बुढामगरले दुई र सोनु खड्काले एक विकेट हासिल गरे ।

अर्को खेलमा पूर्वाञ्चलले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय १५ रनको योगफल बनाएको थियो । जसमा काजोल श्रेष्ठले ५५ रन बनाईन् भने रोमा थापाले ३४ रन जोडिन् । जवाफमा मध्यमाञ्चल ५५ रनमा अल आउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्