यौनकाण्डमा नगरप्रमुख पक्राऊ, माफि मागेपछि छोडियो



शिवहरी प्रसाद भट्टराई,
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पोखरेल महिला हिंसाको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरीले आईतवार राति वडा नं. १ स्थित फत्तेपुरमै लुकिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पोखरेललाई रातभरी फत्तेपुर चौकीमा राखेको थियो । आफनै कार्यालयकी महिला कर्मचारीलाई ब्ल्याकमेल गरी यौनजन्य कृयाकलाप गर्न खोजेको आरोपमा कुटपिट भएपछि आईतवारदेखिनै पोखरेल लुकिछिपी हिडेका थिए । पीडित महिलाका आफन्तले खोजतलास गरी प्रहरीमा जानकारी दिएपछि स्थानीयवासीकै सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
रातभर चौकीमा वसेका पोखरेलले सोमवार विहानै आफुवाट गल्ति भएको भन्दै सार्वजनिक रुपमा माफि मागेपनि चौकी घेरेर वसेका सर्वसाधारणले उनलाई कानुनी कारवाही र जागिरवाट वर्खास्त गर्नुपर्ने माग गरेका थिए। उक्त विषयले तनावको स्थिती श्रृजना गरेको र समस्या समाधान नहुने देखिएपछि प्रहरी चौकी फत्तेपुरका सई (प्रहरी नायव निरिक्षक) तुलसीमान कार्कीले पोखे्रललाई सोमवारै जिल्ला प्रहरी कार्यालय पठाएका थिए । ईलाका प्रहरी कार्यालय कञ्चनपुर हुदै राजविराज ल्याईएका उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजीर गराईएको थियो ।
सप्तरीका सिडिओ वलदेव गौतमका अनुसार पीडित महिला, उनका आफन्त, स्थानीयवासी तथा सप्तरीका सम्पुर्ण सुरक्षा निकायका प्रमुख समेतको अगाडि आपूmुवाट गल्ति भएको भन्दै माफि मागेपछि पोखरेललाई छोडिएको छ । उनले आफुवाट गल्ति भएको र आईन्दा यस्तो गल्ती गरे कानुनी कारवाही भोग्न तयार रहेको भन्दै पीडित महिलाका अगाडि हात जोडेर गिडगिडाएका थिए ।
कार्यकारी अधिकृत पोखरेलले पीडित र उनका आफन्तसँग माफि माग्दा सिडिओ गौतम, एलडिओ (स्थानीय विकास अधिकारी) सुदेवकुमार पोखरेल, नेपाली सेनाको राजविराज स्थित कृष्ण दल गणका गणपति गजेन्द्र वोहोरा, सप्तरी प्रहरीका एसपी दिवेश लोहनी, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी जय वहादुर खड्का , राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक देवराज लिम्वु समेतको उपस्थिती थियो ।
यसका साथै पीडित पक्ष र स्थानीयवासीले भने पोखरेललाई पुनः सोहि नगरपालिकामा नपठाउन सिडिओ गौतमलाई आग्रह गरेका छन् । राज्यको जिम्मेवार अधिकृत भएर पनि पोखरेलले सामाजिक मर्यादा उलंघन गर्ने कार्य गरेकोले उनलाई हदैसम्मको कारवाही हुने पर्ने भन्दै स्थानीवासी र राजनितिक दलले गरेको निर्णयको पुस्तिका वुझ्दै सिडिओ गौतमले त्यस विषयमा आफुले कारवाही अगाडि वढाउने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्