चिलीमा ७.६ म्याग्निच्युडको भूकम्प



सान्टीयागो, ११ पुस । चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको कराण कुनै मानवीय र सपत्ति क्षतिको भने समाचार प्राप्त भएको छैन् ।

चिलीको राष्ट्रिय सङ्कटकालीन कार्यालय (ओनेमी) सुरुमा तटीय इलाकामा रहेका बासिन्दालाई त्यहाँबाट अन्यत्रै सर्न आदेश दिएको थियो ।

तर पछि सुनामी चेतावनीलाई रद्द गरिएको बताइएको छ । तटीयक्षेत्र र पाँचवटा दक्षिणी क्षेत्रमा राज्यद्वारा दिइएको सुनामी चेतावनी रद्द गरिएको ओनेमीका निर्देशक रिकार्डो टोरोले बताउनु भएको छ ।

चिलीको लोस लागोस् क्षेत्रलगायत चारवटा प्रान्तमा मानवीय क्षति नभएको टोरोले बताउनुभएको छ । स्थानीय समायानुसार आइतबार बिहान ११.२२ मा सो भूकम्प गएको बताइएको छ । रासस / सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्