कवि सायमीको निधन



काठमाडौं, नेस । नेपालभाषाका प्रसिद्ध कवितथापूर्व सांसद बुद्ध सायमीको ७२ वर्षको उमेरमा आइतबार साँझ निधनभएको छ ।सिकिस्त बिरामी भएपछि उहाँलाई शनिबार बेलुकी आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।

मधुमेह, मृगौला तथा लीवर रोगको उपचार गराइरहनु भएकाकवि सायमीगत सोमबार निवासमै बेहोस हुनुभएपछि उहाँलाई पाटनको अल्का अस्पताल लगिएको थियो । विसं २०६४ सालको संविधान सभामा नेपाः पार्टीबाट सभासद हुनु भएका सायमीको दुई कविता सङ्ग्रह सहित नेपालभाषाका थुप्रै कृतिहरु प्रकाशित छन्।

विसं २०२० देखिनै कविता लेख्न सुरु गर्नु भएका सायमीका श्रीमती सहित एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्