खो खो खेल सम्पन्न, सेनाले जित्यो स्वर्ण



इनरुवा, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको छ ।

सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा आज सम्पन्न भएको खो खो खेलमा सेनाले महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्ण पदक हात पारेको हो ।

पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो ।

सेनाले एक पाली बाँकी छँदै मध्यमाञ्चललाई ६ का विरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो । मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा काश्य पदक भने सुदूरपश्चिमाञ्चलले हात पारेको छ । त्यसैगरी आजै सम्पन्न महिलातर्फको खो खो खेलको फाइनलमा आर्मीसँग पराजित हुँदै मध्यपश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको छ ।

महिला खोखोको काश्य पदक भने सुदूरपश्चिमाञ्चलले जितेको छ । रासस

प्रतिक्रिया दिनुहोस्