कांग्रेस, माओवादी केन्द्र र तमलोपाका तीन शीर्ष नेताबीच भेटवार्ता



पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र तराई मधेश लोकतान्त्रिक पार्टीका तीन शीर्ष नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्त ठाकुरबीच आज बिहान ठाकुर निवास सानोठिमीमा त्रिकोणात्मक भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भैरहेको जारी गतिरोधलाई कसरी चिर्ने बारेमा छलफल भएको छ । भेट पछि न्युज अफ नेपालसँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलकालागि छलफल केन्द्रित भएको बताउनुभयो ।

भेटका क्रममा संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्ने बारेमा नेताहरुबीच छलफल भएको बताईएको छ । सभामुख ओनसरी घर्तीले सहमतिका लागि आज ७ प्रमुख दलको संयुक्त बैठक आह्वान गरेको संघारमा तीन नेताबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्