फरार पाठक पक्राउ परे



पर्वत, (नेस)
पर्वत जिल्ला अदालतको हातहतियार तथा खरखजना मुद्दामा सजाय सुनाएका फरार अपराधीलाई प्रहरीले पक्रेको छ।

पर्वत जिल्ला पाङराङ गाविस वडा ३ घर भएका फरार अपराधी गंगाराम पाठकलाई वडा प्रहरी कार्यालय वैदाम कास्कीले पक्राउ गरेको हो।

पाठकलाई प्रहरीले पुस ५ गते पोखराबाट पक्रेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो। पर्वत जिल्ला अदालतको फैसलाले हातहतियार खरखजना मुद्दामा १ लाख रुपियाँ दण्ड जरिवाना तोकिएको थियो।

पक्राउ परेका पाठकलाई आइतबार पर्वत जिल्ला अदालतमा पेस गरी कारागार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्