७० परिवारलाई भूकम्प प्रतिरोधी घर ‘उपहार’



नेपाल समाचारपत्र
हेटौंडा
पोहोर वैशाखको भूूकम्पले मकवानपुर बूढीचौर–५, कुटडाँडाका खड्गबहादुर रुम्बाको सातो मात्र लगेन, आफू बस्दै आएको घर पनि गर्लम्मै ढलायो। आफ्नो घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएका रुम्बाको परिवारलाई घर बनाउने चिन्ताले सतायो।

ऋण खोजेर घर बनाऔं भने पनि तिर्ने आधार छैन, नबनाऔं भने बस्ने आफ्नो घर नहुने। भूूकम्पले फर्काएको खुसी ल्याउने चिन्तामा वर्षभर डुबेका रुम्बाको खुसी यति बेला एक गैरसरकारी संस्थाले फर्काइदिएको छ। उनले भूूकम्प प्रतिरोधी दुईकोठे घर उपहार पाएका छन्। राडो नेपाल हेटौंडाले टियर फन्डको आर्थिक सहयोगमा रुम्बालाई भूूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो।

गाउँमै पाइने ढुंगामाटो, रड अनि सिमेन्टको प्रयोगबाट नवनिर्मित निलो कर्कटले चिटिक्क देखिने घरले रुम्बा परिवार मात्र खुसी छैन, गाउँलेसमेत उनको भूूकम्प प्रतिरोधी घर बनेकोमा खुसी छन्।
भूूकम्प प्रतिरोधी घर यसरी बनाउनु पर्दो रहेछ भन्ने कुरा स्थानीयले रुम्बाको घर हेरेर जानेका छन्। यसैले त अहिले स्थानीयरूपमा पाइने स्रोत सामग्री प्रयोग गरी भूूकम्प प्रतिरोधी घर कसरी बनाउन सकिन्छ भन्ने जानकारी तथा सल्लाह लिन उनको घरमा दैनिकजसो कोही न कोही आइरहेको हुन्छ।

गाउँमै तालिम प्राप्त मिस्त्रीहरूले निर्माण गरेको घरलाई ‘भूूकम्प प्रतिरोधी नमुना घर’ नाम दिइएको छ। जग, डीपीसी, शिल्ड, स्टिच, लिन्टेल, रूफब्यान्ड, वालप्लेट, डाँडाभाटादेखि छाना छाउनेसम्म कार्यमा विशेष ध्यान दिएर घर बनाउनुपर्ने कुरा रुम्बाको घर हेर्नेहरूले बुझेका छन्।

उनी मात्र होइन, संस्थाले मकवानपुरका ८ गाविसका हरेक वडामा एक⁄एक वटा यस्तै भूूकम्प प्रतिरोधी नमुना घर निर्माण गरेको छ। मकवानपुरगढी, सुकौरा, बूढीचौर, इपापञ्चकन्या, कोगटे, सिस्नेरी, मन्थली र बेतिनीमा आर्थिकरूपमा विपन्न, अपांगता भएका, असहाय ७० परिवार भूूकम्प प्रभावितको घर निर्माण कार्य भइरहेको राडो नेपालका अध्यक्ष कृष्ण धिताल बताउँछन्।

धिताल भन्छन्– ‘गाउँघरमै पाइने स्रोतसाधनबाट भूूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्ने जागरणका लागि गरिएको कार्यक्रम सफल हुँदा खुसी लागेको छ।’ संस्थाका सूूचना व्यवस्थापन अधिकृत विष्णु धितालका अनुसार वडा नागरिक मञ्च, गाविस सचिव संयोजक रहेको स्थानीय विपद् व्यवस्थापन समितिलगायतसँग समन्वय गर्दै भूूकम्पको पूूर्ण क्षतिको सूूचीमा परेका अति विपन्नका परिवारका लागि घर निर्माणमा सहयोग गरिएको हो। संस्थाबाट सहयोग पाउनेले राज्यबाट भने अनुदान नपाउने अधिकृत धिताल बताउँछन्।

राडोले यसअघि मकवानपुरको आग्रा र टिष्टुङमा ३८ परिवारलाई भूूकम्प प्रतिरोधी नमुना घर निर्माण गरी हस्तान्तरण गरिसकेको कार्यक्रम प्रबन्धक हरेराम वाग्ले बताउँछन्। दुई गाविसमा निर्माण गरिएका भूूकम्प प्रतिरोधी नमुना घर जसले पाएका छन्, उनीहरू मात्र खुसी छैनन्, गाविसबासी लाभान्वित छन्। नमुना घरसँगै एउटा ट्वाइलेट, सुधारिएको चुलो, अर्थिङ, सोलार टुकी, गटर पाइपसमेत सहयोग गरिएकाले नमुना घर साँच्चैको सबैको हेर्नलायक भएको आफूूले पाएको उनको भनाइ छ।

वाग्लेका अनुसार राडो–टियर फन्डको सहयोगमा दुई गाविसमा नमुना घरका अलावा करिब ६ सय घर राज्यको अनुदान नीतिअनुरूप निर्माण कार्य भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्