गौहत्या गर्नेलाई कारबाहीको माग



ललित सिंह, बझाङ
लालीको गोदावरीमा हिन्दुहरूको प्रतीक तथा राष्ट्रिय जनावर गाई मार्नेलाई पत्ता लगाई गौहत्याका दोषीलाई कारबाहीको माग राख्दै बझाङ बन्द गरिएको छ।

हिन्दुहरूको धार्मिक स्थल धनगढीको गोदावरीमा पस ७ गते सामूहिक रूपमा ४० वटा गाई मारेर सडकमा फ्याँक्नेलाई पत्ता लगाएर दोषीलाई कारबाहीको माग राख्दै हिन्दुहरूको धर्मको संरक्षणसँगै राष्ट्रिय जनावर गाईको संरक्षणको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भ्रातृ संगठन नेपाल राष्ट्रिय युवा मोर्चाले बझाङ बन्द गरेको हो। बन्दले गर्दा स्थानीयहरूको जनजीवन प्रभावित बनेको छ।

गाउँमा खाद्यान्न पाइँदैन सदरमुकाम चैनपुरमा चामल लिन चार घण्टाको पैदल बाटो हिँडेर आएँ, दिनभर बजार बन्द भएकाले एक मुठ्ठी पनि चामल नपाएर रित्तो हात घर जानुपरेको मष्टा गाविस–५ का रणबहादुर बोहराले बताए।

उनले भने– ‘घरमा एक मुठ्ठी चामल छैन घरमा गएर के खाने छोराछोरीलाई के खुवाउने हिन्दुको प्रतीक राष्ट्रिय जनावर गाईलाई मार्ने जोकोही भए पनि राज्यले पत्ता लगाएर आजीवन कारावासको सजाय वा फाँसी दिनुपर्ने हाम्रो माग हो।’ राज्यले खोजी नगरे कडा आन्दोलन गरिने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका भ्रातृ संगठन नेपाल राष्ट्रिय युवा मोर्चा बझाङका अध्यक्ष जनक खड्काले बताए।

उनले भने– ‘सरकार सुतेको राज्यमा न धर्म छ न त राष्ट्रिय जनावरको संरक्षण छ। राज्यले पत्ता नलगाए अब हामी अपराधीलाई खोज्नेछौं।’

बझाङ बन्दको आह्वानपछि दिनभर सदरमुकाम चैनपुरका सम्पूर्ण होटल पसललगायत जिल्लाभित्र र बाहिर चल्ने यातायातको साधनसमेत दिनभर बन्द भएका छन्। भाटासहित बन्दको आह्वानमा जुटेका राष्ट्रिय प्रजातन्त पार्टीको भ्रातृ संगठन नेपाल राष्ट्रिय युवा मोर्चाका कार्यकर्ताले केही होटलमा बन्दको अवज्ञा गरेको हिन्दु विरोधी भन्दै भाटा र ढुंगा हानेको व्यापारीले बताएका छन्।
लाइसेन्सको भागदौडः भेरी अञ्चल यातायात कार्यालय, नेपालगन्जले सञ्चालन गरेको मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षा दिन आएको भीड। प्रहरीले गेटमा बसेर केहीलाई छोड्दै गरेकोमा त्यो नियमलाई तोड्दै एकपटक धकेलेर भित्र पसेका परीक्षार्थी। त्यसक्रममा प्रहरीले २⁄३ पटक लाठी चार्ज गरेको थियो। मोटरसाइकलको लाइसेन्सका लागि यसपालि २८ हजार परीक्षार्थी रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्